दयाहाङ निर्देशित नाटक ‘डिग्री माइला’मा आधारित चलचित्र बनाउँदै रामबाबु गुरुङ

‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङले दयाहाङ राई निर्देशित चर्चित नाटक ‘डिग्री माइला’मा आधारित रहेर सोही शीर्षकमा चलचित्र निर्माण गर्ने भएका छन्। आगामी बैशाखदेखि छायांकन सुरु उने चलचित्रले चलचित्र बिकास बोर्डबाट निर्माण इजाजतपनि लिइसकेको छ ।

बाँसुरी फिल्म्सको व्यानरमा निर्माण हुने चलचित्रमा दयाहाङ राई, पुष्कर गुरुङ, माओत्से गुरुङ, विजय बराल, बुद्धि तामाङ र प्रकाश घिमिरेलगायतको अभिनय हुनेछ । रामबाबुकै निर्देशन र पटकथा रहने चलचित्रको लागि अभिनेत्री भने फाइनल भइसकेको छैन । चलचित्रलाई २०८० सालको दशैँमा रिलिज गर्ने निर्माण पक्षको तयारी रहेको छ ।

कमेडी जनरामा निर्माण हुने चलचित्रले शैक्षिक बेरोजगारीको कथा भन्ने छ । पात्रसंग स्नातकोत्तरको प्रमाणपत्र भएरपनि व्यवहारमा उतार्न नसक्नुलाई चलचित्रले व्यंग्य गर्ने छ । मण्डला थियटरमा तीन पटक मन्चन भैसकेको नाटक ‘डिग्री माइला’ले राम्रो कमाइ गर्दै चर्चा पनि बटुलेको थियो । दर्शकको मागको आधारमा मण्डलाले तीनपटक उक्त नाटकलाई मञ्चन गरेको थियो ।

Leave a Reply