गायिका कनिकाको स्वास्थ्यमा सुधार ,छैटौं कोरोना रिपोर्टको पर्खाईमा

कोरोना भाइरस (कोभिड १९)बाट संक्रमित बलिउडकी चर्चित प्लेब्याक गायिका कनिका कपूरको स्वास्थ्यमा सुधार आएको छ । दुई सातादेखि लखनऊको संजय गान्धी पिजिआई अस्पतालमा उपचाररत कनिकाको स्वास्थ्यमा सुधार आएको हो ।

हालसम्म कनिकाको ५ वटा टेष्ट भएको थियो । जसमा ५ वटा नै टेष्ट कोरोना पोजेटिभ देखिएको थियो । अब भने उनको शरीरमा कोरोना संक्रमण नदेखिएको कनिकाको परिवारले बताएका छन् । चिकित्सकहरु पनि अब कनिकाको अवस्था सामान्य भइसकेको बताउँछन् । कनिका र उनको परिवार छैटौं रिपोर्टको पर्खाईमा छन् । यदि छैटौं रिपोर्टमा कोरोना संक्रमण नदेखिए कनिका आफ्नो घर फर्कन सक्नेछिन् ।

Leave a Reply