चलचित्र विकास बोर्डद्धारा चलचित्र अध्ययन गर्न चाहने माध्यमिक देखि पिएचडि सम्मका विद्यार्थिहरुलाई छात्रवृत्ति प्रदान

चलचित्र विकास बोर्डले आज चलचित्र विकास बोर्डको नवरस कक्षमा एक कार्यक्रम गर्दै चलचित्रसँग सम्बन्धी अध्ययन, अनुसन्धान एवं विद्धतवृत्तिका लागि प्रोत्साहन गर्न छात्रवृत्ति प्रदान गरेको छ । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले छात्रवृत्ति वापतको रकम विद्यार्थिहरुमाझ कार्यक्रम गर्दै संवन्धीत कलेजलाई हस्तान्तरण गर्नुभएको छ ।

अध्यक्ष डिसीले माध्यमिक र स्नातक तहको विद्यार्थिहरुको छात्रवृद्धि ओस्कार ईन्टरनेशनल कलेजको संयोजक नवनिधि दहाल, नेपाल फिल्म क्याम्पस तथा नेपाल संगीत विद्यालयको तर्फबाट प्रिन्सीपल शिशिर उप्रेतिले विद्यार्थिहरुको छात्रवृत्ति वापतको रकम हस्तान्तरण गर्नु भएको हो । विद्यार्थिहरुको छात्रवृत्तिको कार्यक्रम २०६१ सालबाट सुरु भएता पनि यसबर्षबाट अध्यक्ष दिनेश डिसीको वहालिपश्चात माध्यमीक तहमा अध्ययन गर्न चाहने विद्यार्थिले पनि छात्रवृत्ति पाउने व्यवस्था गरिएको हो ।

यस अघि विद्यावारिधिमा दुई जना, स्नातकमा १० जना र सर्ट कोर्ष २ जनालाई दिने गरिएको भएता पनि यस बर्षबाट विद्यावारिधितर्फ ३ जनालाई, स्नातकमा १३ जनालाई र माध्यमिक तर्फ ५ जनालाई छात्रवृद्धि प्रदान गर्ने निर्णय गरिएको छ ।

Leave a Reply