‘मिस युनिभर्स नेपाल–२०२२’का लागि आवेदन खुल्ला

‘मिस युनिभर्स नेपाल’ को नयाँ सँस्करणका लागि आवेदन खुल्ला भएको छ । ‘मिस युनिभर्स नेपाल–२०२२’ का लागि आवेदन दर्ता मे ५ देखि दुई महिनासम्म खुला हुने भएको छ ।

प्रतियोगितामा १८ देखि २८ वर्षसम्मका युवतीहरूले सहभागिता जनाउन सक्नेछन् । साथै आगामी संस्करणमा उचाइ र तौलको मापदण्ड तोकिएको छैन । समलैंगिक महिलाले पनि भाग लिन पाउने भएका छन् भने आप्रवासीलाई पनि मौका दिइएको छ । सहभागीका लागि एप्लिकेनस मार्फत आवेदन दिनसक्ने आयोजकले जनाएको छ । प्रतियोगिताको अन्तिम विजेता ११ अगष्टमा घोषणा हुनेछ । विजेताले उपाधिका साथमा १० लाख नगद प्राप्त गर्नेछन् ।

‘मिस युनिभर्स नेपाल’को यो तेस्रो संस्करण हो । पहिलो अंशिका शर्माले र दोस्रो सुजिता बस्नेतले जितेका थिए । प्रतियोगिताको फ्रेन्चाइज नेपालमा ‘मिस नेपाल अर्थ २०१२’ नग्मा श्रेष्ठले व्यक्तिगत पहलमा भित्र्याएकी हुन् । सन् २०१७ मा पहिलो पटक मिस युनिभर्समा नेपालको प्रतिनिधित्व उनी आफैले गरेकी थिइन् ।

Leave a Reply