इतिहास मै पहिलो पटक ‘कान्स फिल्म फेस्टिभल’ स्थगित

इतिहासमा नै पहिलो पटक प्रतिष्ठित ‘कान्स फिल्म फेस्टिभल’ स्थगित भएको छ । कोरना भाइरसका कारण आयोजक ले यो निर्णय लिएको हो । सन् १९४६ मा सुरु भएको यस फिल्म फेस्टिभल पहिलो पटक सरेको हो । फ्रान्समा भएको छलफलबाट यो निर्णय लिइएको हो । फेस्टिभलको लागी आगामी १६ अप्रिलमा पत्रकार सम्मेलन आयोजना गर्ने भनिएको थियो तर अब त्यो पनि नहुने भएको छ ।

अब यो फेस्टिभल जून अथवा जुलाईमा हुने सम्भावना रहेको बताइएको छ । आगामी मे १२ र १३ आयोजना हुने तयारीमा रहेको यस फेस्टिभलले सबैको स्वास्थ्य मध्यनजर गर्दै यो निर्णय लिएको बताइएको छ । दुनियाँभर महामारीको रूपमा फैलिएको यस भाइरस १७९ देशमा महामारीको रूप लिइरहेको छ ।  

Leave a Reply