‘चपली हाइट ३’ को टिजर सार्वजनिक (भिडियो)

‘फाटेको जुत्ता’ फेम्ड निर्देशक निकेश खड्का निर्देशित चलचित्र ‘चपली हाइट ३’मा को टिजर शुक्रवार सार्वजनिक भएको छ । १ मिनेट ४३ सेकेण्डको टिजरमा चलचित्रका मुख्य कलाकार सबैलाई स्थान दिइएको छ । त्यस्तै अभिनेता अर्पण थापाको नेगेटिभ भूमिका निकै राम्रो देखिएको छ ।

सस्पेन्स थ्रीलर कथामा निर्माण गरिएको चलचित्र ‘चपली हाइट ३’लाई काठमाण्डौ र यसको आसपासको क्षेत्रमा खिचिएको छ । आउँदो चैत २८ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको ‘चपली हाइट ३’ मा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट , आमिर गौतम र महेश त्रिपाठी सँगै प्रतिकमान श्रेष्ठ, अर्पण थापा, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी, जीवन भट्टराईलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । केही समय पहिले चलचित्रको पहिलो गीत ‘चार आनाको मसला’ सार्वजनिक भैसकेको छ जसलाई दर्शकले निकै मन पराइरहेका छन् । 

यो चलचित्रको बक्सअफिसमा चलचित्र ‘प्रेमगीत ३’ सँग भिडन्त हुनेछ । नाम नै ब्रान्ड बनिसकेको यस चलचित्रमा स्वस्तिमा-महेश र सुपुष्पा-प्रतिकको जोडी बाँधिएको छ । ‘चपली हाइट ३’ लाई अर्जुन कुमार फिल्मस् र केडिसी हस्पिटलले मिलेर निर्माण गरेका हुन् ।

Leave a Reply