रेखाको उम्मेदवारीमा उठेका प्रश्नहरुमा दीपकराजको यस्तो जवाफ

अभिनेत्री रेखा थापाले आफ्नो राजनीतिक जीवनलाई अगाडि बढाउन पाइला चाली सकेकी छन् । रेखाले राप्रपाको भृकुटीमण्डमा जारी महाधिवेशनमा महामन्त्री पदमा उठेकी छन् । अध्यक्ष पदका उम्मेदवार राजेन्द्र लिङ्देनको प्यानलबाट रेखाले महिला महामन्त्री पदमा उम्मेदवारी दिएकी हुन् ।

२०७३ सालमा राप्रपा प्रवेश गरेकी रेखा अब राप्रपालाई युवा नेतृत्वपंक्तिले हाँक्नु पर्ने बताउँछिन् । यही कारणले आफूले राजेन्द्र लिङ्देनलाई अध्यक्षमा समर्थन गरेको उनको भनाई छ । राजेन्द्रले उम्मेदवारी घोषणा गर्दा पनि रेखा उपस्थित थिइन् ।

रेखाले महामन्त्री पदमा उम्मेदवारी दिने खबर बाहिरिएदेखि  नेपाली चलचित्रकर्मीहरुले उनलाई सामाजिक सञ्जालमार्फत् शुभकामना दिइरहेका छन् । तर यसैक्रममा उनलाई शुभकामना बाहेक पनि अरु केहि मिलेको छ  l हास्य कलाकार तथा निर्देशक दीपक राज गिरीले सामाजिक सञ्जाल फेसबुकमा आज लेखेको  एक स्ट्याटस सञ्जालमा त्यसको उदाहरण हो l गिरीले रेखाले दिएको उम्मेदवारीलाई लिएर भइरहेको फरक फरक टिप्पणीबारे आफ्नो धारणा राखेका छन्।
राप्रपाको चुनाव उनको लागि लुतो न कनाइ रहेको बताउँदै दिपकले कलाकार रेखा थापाको उम्मेदवारी र यस सम्बन्धमा भएका बहस बाजीको बारेमा  आफुलाई पनि केहि लेख्न मन लागेको उल्लेख गरेका छन्  l  ‘गणतन्त्रवादी रेखा थापा कसरी राप्रपा हुन सक्छिन्’ तथा ‘राजनीति फिल्म खेलेजस्तो सजिलो छैन’ भन्ने टिप्पणीविरुद्ध दीपकराज गिरीले जवाफ दिएका हुन्।
‘कांग्रेस, एमालेमा पनि राजा ल्याउनुपर्छ भन्ने विचार राख्ने मान्छेहरू छन्, अब उनिहरू कांग्रेस वा एमाले हुन वा होइनन्’, गिरीले लेखेका छन्, त्यसै गरेर राप्रपा मा पनि त राजा ल्याउनु हुन्न भन्ने धार पनि होला वा हुन सक्छ नि ……न रेखा त्यसमा पर्छिन् कि ?

 

 

 

 

 

Leave a Reply