‘हिरो रिटर्न्स’ ट्रेलरमा रेखा र सविनको एक्सन (भिडियो)

अर्को वर्ष (२०७७ साल)को बैशाख २६ गते प्रदर्शन मिति घोषणा गरिएको अभिनेता सविन श्रेष्ठ र अभिनेत्री रेखा थापा स्टारर चलचित्र ‘हिरो रिटर्न्स’ को ट्रेलर सार्वजनिक भएको छ । निर्माणको तीन वर्षपछि प्रदर्शनमा आउन लागेको चलचित्रको ट्रेलर एक्सन प्याक्ड छ । सविन र रेखा दुवै एक्सन अवतारमा प्रस्तुत छन् । यी दुईको प्रेममा आउने उतार-चढावमा चलचित्र केन्द्रित रहेको ट्रेलरले प्रस्ट्याउँछ ।

चलचित्रलाई आशिष भेटवालले निर्देशन गरेका हुन् । चलचित्रमा अभिनेता सरोज खनाल पहिलो पटक नकारात्मक भूमिकामा देखिन लागेका हुन् । मदन कस्यप घिमिरेको छायांकन रहेको चलचित्रमा दिल श्रेष्ठको पनि प्रमुख भूमिका छ । अभिनेत्री रेखा थापा १८ वर्ष अगाडि चलचित्र ‘हिरो’ बाट अभिनेत्रीको रुपमा नेपाली चलचित्रमा भित्रिएकी थिइन् ।

‘हिरो रिटर्न्स’ मा प्रस्तुतकर्ता रहेका सविनले चलचित्र उत्कृष्ट बनेको दाबी गर्छन् । चलचित्रमा सुलेमान शंकर (इकु), सुरेश थापा (दर्शने), रोशन श्रेष्ठ, डिबी बम्जम, सुशान्त श्रेष्ठलगायतको पनि अभिनय छ । चन्द्र गौतम कार्यकारी निर्माता रहेको चलचित्रमा भीम न्यौपाने र चन्द्र न्यापाने निर्मातामा छन् ।

Leave a Reply