‘प्रेमगञ्ज’मा ‘राजा’ बनेका तेज गिरीको लुक्स सार्वजनिक

चलचित्र ‘प्रेमगञ्ज’को अर्को क्यारेक्टर पोस्टर सार्वजनिक भएको छ । अभिनेता तेज गिरीलाई ‘राजा’ चरित्रमा प्रस्तुत गरिएको छ । उनको यो डेब्यु चलचित्र पनि हो । सार्वजनिक पोस्टरमा उनलाई पागल प्रेमी भनिएको छ। यसअघि भ्यालेन्टाइन डेको अवसरमा अभिनेत्री बेनिशा हमालको ‘मैना’ को चरित्रमा रहेको लुक्स सार्वजनिक गरिएको थियो ।

परिच्छेद सेनको निर्देशनमा बनेको चलचित्रमा तेजसंगै बेनिशा हमाल, सम्पदा बानियाँ, राईडर प्रशान्त, सुप्रिया खनाल, सिम्रन खड्काको पनि अभिनय रहेको छ । चलचित्र चौतारीले निर्माण गरेको चलचित्रको कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् भने प्रस्तुतकर्ता राजु फुयाँल हुन् । प्रेमकथामा आधारित चलचित्रको कथा निर्देशक सेनले नै लेखेका हुन् ।

भदौ ३ गते देखि प्रदर्शन हुने ‘प्रेमगञ्ज’ को काभ्रेको देउराली, सोलुखुम्बुको पत्ताले, काठमाडौँ तथा भक्तपुरको नाला र पनौतीमा छायांकन भएको हो । कोरोना महामारीका बीच ७० दिन खिचिएको चलचित्रको २ करोड लगानी भएको बताइएको छ ।

Leave a Reply