प्रताप दासको ‘चाहन्छु ५’मा बरुण र कुसुम[भिडियो]

गायक प्रताप दासको स्वरमा रहेको गीत ‘चाहन्छु ५’ सार्वजनिक भएको छ । गीतमा सरोज पोखरेलको शब्द र संगीत, देवेश राईको एरेन्ज र किशोर थापाको मिक्सिङ तथा मास्टरिङ छ । सरोजकै प्रस्तुती रहेको भिडियोमा बरुण अधिकारी र कुसुम शर्मा फिचर्ड छन् । अङ्ग्रेजी नयाँवर्ष २०२४ को अवसरमा सार्वजनिक रोमान्टिक फ्लेभरको गीतमा वरुण र कुसुमको जोडी निकै सुहाएको छ ।

कलाकार बरुण अधिकारी एक दशकसम्म नेपाली हास्य टेलिसिरियल, म्युजिक भिडियो हुँदै नेपाली फिल्मको निर्देशन समेत गरिसकेका चर्चित व्यक्ति हुन् । उनी विगत ५ वर्षदेखि अमेरिकामा रहदै आएका छन् । गीत सार्वजनिक पछि बरुणले भने ‘पछिल्लो पुस्ताको माया प्रेमको कथालाई समेटेर म्युजिक भिडियो निर्माण गरेका छौँ । आशा छ कुसुम र मेरो रिलको जोडिलाई दर्शकहरूले मन पराउनु हुनेछ । राम्रो मेहनत गरेका छौँ । परिणाम पनि राम्रो हुन्छ भन्ने आशा छ।’

ए वान म्यूजिसियनमा रेकर्ड गरिएको गीतमा रत्न बिकको फ्लयुट र राजेश श्रेष्ठको रेकर्डिङ छ । साजन कट्टेलको निर्देशनमा बनेको म्युजिक भिडियोमा पुनम चौधरीको मेकअप, दिनेश पराजुलीको छायांकन, राकेश दाहालको सम्पादन र सरोज पोखरेलको कन्सेप्ट छ ।

Leave a Reply