मौसमको आर्ट चलचित्र बुलाकीको कथा ‘ब्लाक रोज’ सार्वजनिक

अभिनय क्षेत्रमा केहि नयाँ गरिरहन रुचाउने मौसम सापकोटाले बुलाकीको कथा ‘ब्लाक रोज’ सार्वजनिक गरेका छन्। नमस्ते रेस्टुरेण्ट, आस्फ़िल्ड अस्ट्रेलियामा भव्यताकासाथ च्यारिटि प्रिमियर सो सम्पन्न भएसंगै चलचित्र ‘द एट एट फोर एट’ नामक युट्युब च्यानलबाट रिलिज गरिएको हो।

१४ मिनेट लम्बाईको आर्ट फिल्ममा मौसम सापकोटाकै कथा रहेको छ भने बिशाल अधिकारीको निर्देशन रहेको छ। भिडियोमा मौसम सापकोटासंगै रेमन सुवेदीको अभिनय रहेको छ । भिडियोलाई बिशाल अधिकारी , रेमन सुबेदी , मौसम सापकोटा र सुजन शर्माले खिचेका हुन्। भिडियोको सम्पादन पनि मौसमले नै गरेका छन् भने संगीत आयान शर्माले दिएका छन्।

ब्ल्याक रोज दुई मुटु दुई प्रेमी रघु र गङ्गाको प्रेम कथामा आधारित रहेर बनाईएको आर्ट चलचित्र हो। चलचित्र मोबाईल आईफ़ोनबाटै खिचिएको तथा सम्पादन गरिएको हो। सिमित स्रोत र साधनमा पनि उत्कृष्ठ कथावस्तु तथा भिडियो प्रस्तुती देखिएको छ।

मौसमले यसभन्दा अघि पनि १२:४३ , दफा १७७, लगाएतका थुप्रै सर्ट फिल्म ल्याईएसकेका छन्। मोनो एक्ट गर्न रुचाउने मौसम लामो समय देखि संघर्षरत कलाकार हुन्।

Leave a Reply