गायक तथा सङ्गीतकार टंक बुढाथोकी चलचित्र बनाउँदै

गायक तथा सङ्गीतकार टंक बुढाथोकीले चलचित्र निर्माण गर्ने भएका छन् । उनले नेपालको ठुलो चलचित्र तथा म्युजिक खरिद कम्पनी ओएसआर डिजिटलसँग सहकार्य गरेर चलचित्र निर्माण गर्ने तयारी गरिरहेका छन् । चलचित्र निर्माणका लागी दुई पक्षीय पहिलो भेट र प्रस्ताव गरेका छन् ।

बुझिए अनुसार चलचित्रको नाम टंकको लोकप्रिय गीत ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’बाटै राख्ने तयारी भइरहेको छ । चलचित्रमा यसै गीतका गायक अशोक दर्जीको पनि भूमिका रहने खुलेको छ । बिहीबार टंकले सामाजिक सञ्जाल फेसबुकमा ‘विशेष भेट विशेष तयारीका लागी विशेष रह्यो’ भन्दै ओएसआर डिजिटलका सञ्चालक ओम प्रकाश अग्रवालसँगको भेटको तस्बिर पोस्ट गरेका छन् । उनको यस पोस्टले उनीहरूको चलचित्रको लागी गरिने सहकार्यले सकारात्मक रूप लिएको छ ।

Leave a Reply