‘बिच्छेद’को टिजरमा मुकुन र लक्ष्मीको प्रेम र विछोड

अभिनेता मुकुन भुसाल र अभिनेत्री लक्ष्मी बर्देवाको मुख्य भूमिका रहेको चलचित्र ‘विच्छेद’को टिजर सार्वजनिक गरिएको छ । मंगलबार युट्युबमा सार्वजनिक टिजर मुकुन भुषाल र लक्ष्मी बर्देवाको वरिपरि घुमेको छ । टिजरमा मुकुन र लक्ष्मीको जीवनमा आउने उतार-चढावको कथा देखाइएको छ । सत्यराज चौलागाईंको निर्देशन रहेको चलचित्र आगामी मंसिर ८ गतेबाट प्रदर्शनमा आउँदैछ ।

नेपालसँगै अन्य विभिन्न मुलुकहरुमा फिल्मलाई एकसाथ प्रदर्शन गर्ने तयारी गरिएको छ । फिल्मको निर्मातामा राज कुमार पण्डित, दिमेश श्रेष्ठ, सुवास राई र सावित्री बज्राचार्य छन् । सह-निर्मातामा प्रविन राजथला रहेका छन् । फिल्ममा अभिनेता भुषाल स्वयंको कथा लेखन छ भने निर्देशक चौलागाईँले पटकथा लेखेका हुन् । टिजरले फिल्म गाउँले परिवेशमा आधारित भएर बनेको बुझाउँछ ।

मुकुन र लक्ष्मीकासाथै ‘बिच्छेद’मा सुष्मा निरौला, प्रिया रिजाल, लय सङ्ग्रौला, हिउँवाला गौतम, सरिता राजोपाध्याय, लक्ष्मीनाथ तिमिल्सिना, जीवन थापा, जयराम सापकोटा आदिको पनि अभिनय रहेको छ । सङ्कल्प भुजेलको छायाङ्कन र भूपेन्द्र अधिकारीको सम्पादन रहेको फिल्ममा समीर मियाको भीएफएक्स, किरण तुलाधरको ब्याकग्राउन्ड स्कोर र रेनिश फागोको कलर ग्रेडिङ छ ।

फिल्ममा एसडी योगी, सुरज थापा र आशिश महरको संगीत, सत्यराज चौलागाईँ र राम अविरल विष्टको गीत रचना, सुनिता थेगिम, एसडी योगी, हृतिका श्रेष्ठ, सुरज थापा र आशिश महरको स्वर, कविराज गहतराज र सुरेन बसेलको नृत्य निर्देशन छ । फिल्मलाई काठमाडौँ उपत्यकामा करण श्रेष्ठको रिच इन्टरटेन्मेन्ट तथा उपत्यकाभन्दा बाहिर एफडी कम्पनीले वितरण गर्ने जिम्मा लिएको छ ।

Leave a Reply