दीपिका र दिवाकरको ‘मायावी’ निर्माण घोषणा

चर्चित निर्देशक दिवाकर भट्टराई करिब चार वर्षपछि पुनः निर्देशनमा कमव्याक गर्ने भएका छन् । पछिल्लोपटक चलचित्र ‘क्याप्टेन’ निर्देशन गरेका दिवाकर अब चलचित्र ‘मायावी’मार्फत निर्देशनमा कमव्याक गर्न लागेका हुन् । निर्देशक भट्टराईले श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर ‘मायावी’को घोषणा गरेका हुन् । चलचित्रमा भट्टराई स्वयंको कथा रहनेछ । निर्देशक भट्टराईले प्रेमकथाको चलचित्रमा तीन ‘नायक’ र दुई ‘नायिका’ रहने बताए ।

चलचित्रमा दुई नायिकामध्ये यसअघि नै नायिका दीपिका प्रसाई फाइनल भइसकेकी छन् । चलचित्र ‘ऐश्वर्या’ पछि दिवाकर र दीपिकाको यो दोस्रो सहकार्य हो । चलचित्रका अन्य कलाकार र प्राविधिक चाँडै सार्वजनिक गरिने निर्देशक भट्टराईले जानकारी दिए । क्रिएटिभ सिने आर्टस्ले निर्माण गर्न लागेको चलचित्रमा एसडी योगीको संगीत, राम थापा अविरलको गीत रहनेछ । चलचित्र असोज २ गतेबाट फ्लोरमा जानेछ । दिवाकरले फिल्म ‘मेरो जीवन साथी’, ‘स्टुपिड मन’, ‘ड्रिम्स’, ‘ऐश्वर्य’ र ‘क्याप्टेन’ निर्देशन गरिसकेका छन् ।

Leave a Reply