अनमोलको ‘छड्के २’को भदौदेखि छायांकन सुरु हुने

अभिनेता अनमोल केसी नयाँ ग्याङस्टर चलचित्र ‘छड्के २’मा देखिँदैछन् । चलाचित्रको तयारीका लागि यतिबेला उनी भरतपुरको चितवनमा वर्कसप गरिरहेका छन् । सोमवार (आज) निर्माण टिमले सार्वजनिक गरेको वर्कसपका तस्विरहरुमा उनी भिन्न लुक्स देख्न सकिन्छ र निर्देशकसहितको टिमसँग चलचित्रको क्यारेक्टरमा मिहेनत गरिरहेको देखिन्छन् ।

सार्वजनिक तस्विरमा अनमोलको मूड र लुक्सले एङ्ग्री योङम्यानको क्यारेक्टरको झलक दिन्छ । तस्विरहरुले नै दर्शकलाई उनको भूमिकाप्रति कौतुहलता जगाउन सक्छ । हल्का लामो खैरो कपाल र टोन बडीसहित अनमोल निकै ह्यान्डसम देखिएका छन् ।

निगम श्रेष्ठको पटकथा र निर्देशन रहने चलचित्रमा अनमोलसहित रबिन तामाङ र कमलमणी नेपाल पनि अनुबन्धित भइसकेका छन् । ‘हामीले सोचेकोभन्दा बढी मिहेनत अनमोलले आफ्नो चरित्र चित्रणमा प्रस्तुत गरिरहेका छन्’ निगमले भने । निर्माता प्रशान्त गिरीले भदौ १ गतेदेखि चलचित्रको सुटिङको तयारी भएको बताए । चलचित्रको मनाङ र चितवनमा ६० दिन छायांकन हुने छ । चलचित्रको बाँकी कलाकार छिट्टै सार्वजनिक गर्ने निर्माण टिमको तयारी रहेको छ । चलचित्रलाई प्रशान्त र लक्ष्मण काफ्लेले मिलेर निर्माण गरेका हुन् ।

Leave a Reply