‘पापी मान्छे’ को तेस्रो श्रृंखला ‘पापी मान्छे ३’ निर्माण हुने

एक दशकभन्दा अघिको सुपरहिट चलचित्र ‘पापी मान्छे’को तेस्रो श्रृंखला निर्माण हुने भएको छ । चलचित्रको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै औपचारिक घोषणा गरिएको हो । सार्वजनिक फर्स्टलुक पोस्टरमा चिपाञ्जिलाई राखिएको छ। चलचित्रको अघिल्ला दुई श्रृंखला बक्सअफिसमा सफल भएका थिए ।

आर सी पिक्चर्सको ब्यानरमा राज कुमार राइको निर्माणमा बन्ने चलचित्र ‘पापी मान्छे ३’ लाई निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले निर्देशन गर्ने छन्। ‘पापी मान्छे’को अघिल्ला दुवै श्रृंखलालाई दीपक श्रेष्ठले निर्देशन गरेका थिए । चलचित्रमा जनावरको भूमिका विशेष रहने निर्देशक पराजुलीले बताए। पापी मान्छे १ र पापी मान्छे २ मा कुकुर र बाँदरको बिसेष भूमिका रहेको थियो। चलचित्र कहिलेबाट छायांकनमा जाने भने तय हुन बाँकी रहेको छ। निर्देशक पराजुलीको बुधबार परेको जन्मदिनको अवसरमा टिजर पोस्टर सार्वजनिक गरेको हो ।

यो फिल्ममा क्यानडाको एक म्याच-पेन्टिङ कम्पनीले काम गर्ने भएको छ । भीएफएक्सका लागि फ्रान्स, क्यानडा र मुम्बईको कुनै एक कम्पनीसँग सहकार्य गर्न तयारी छ । यस वर्ष छायांकन पूरा गरेर अर्को वर्ष प्रदर्शनको तयारी गरिएको छ । आरसी पिक्चर्स र जनकदीप प्रोडक्सनको ब्यानरमा फिल्म निर्माण हुनेछ । चलचित्रमा अहिलेका चल्तीका कलाकारहरु नै रहने निर्देशक पराजुलीले बताए।

Leave a Reply