दयाहाङ र प्रकृतिको ‘बिहेपास’ आगामी शुक्रबार पुनः प्रदर्शन हुने

अभिनेता दयाहाङ राई र अभिनेत्री प्रकृति श्रेष्ठ अभिनीत चलचित्र ‘बिहे पास’ पुनः प्रदर्शन हुने भएको छ । गत वैशाख १ गते रिलिज भएको चलचित्र आगामी शुक्रबार असार २९ गते पुनः प्रदर्शन हुन लागेको हो । यही मितिमा अभिनेता सरोज खनालको डेब्यु निर्देशन रहेको चलचित्र ‘बगान’ पनि प्रदर्शनमा आउँदैछ ।

विवाहको लागि युवतीको मन जित्न एक पुरुषले गर्ने संघर्षको कथामाथि बनेको चलचित्रमा दयाहाङ र प्रकृतिले पहिलो पटक एकसाथ काम गरेका हुन् । चलचित्रका निर्माता तथा वितरक रोहित कट्टेलले यतिबेला हलमा नेपाली चलचित्र खासै नभएका कारण हल व्यावसायीहरुकै आग्रहमा ‘बिहे पास’ पुनः प्रदर्शन गर्न लागिएको बताए ।

प्रवेश पौडेल निर्देशित चलचित्रमा श्याम राई, विशाल पहाडी, बुद्धि तामाङ,रविन्द्र झा, शिशिर बाङ्गदेल सुवास गजुरेल, हिउँवाला गौतम, रुषा न्यौपाने, उमा बानियाँ, नविन शेरचन आदिको अभिनय छ । आरआर फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रको प्रस्तुतकर्ता रोहित कट्टेल हुन् भने रत्न श्रेष्ठ कार्यकारी निर्माता हुन् ।

रोजन श्रेष्ठ निर्माता रहेको चलचित्रको सह-निर्मातामा ग्याल्जेन लामा र बालकृष्ण पाख्रिन छन् । मित्र देव गुरुङको सम्पादन, डिबी खनालको गीत रचना, प्रवेश मलिकको संगीत, मर्रे केर, अकाश बराल, साजन काफ्लेको कथा, बराल र काफ्लेको पटकथा तथा संवाद रहेको चलचित्रको छायाँकार शिव ढकाल हुन् ।

Leave a Reply