‘पशुपति प्रसाद २ : भष्मे डन’को अन्तर्राष्ट्रिय प्रदर्शन पक्का

लोकप्रिय चलचित्र ‘पशुपति प्रसाद’को फ्रेञ्चाइज सिक्वेल ‘भष्मे डन’को अन्तर्राष्ट्रिय रिलिज पनि पक्का भएको छ । आगामी फूलपातीमा प्रदर्शनमा आउन लागेको चलचित्रको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार सेभेन सीजले खरिद गरेको हो। सोमबार निर्माण कम्पनी टुकी आर्टस् र सेभेन सीजबीच अन्तर्राष्ट्रिय प्रदर्शनसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।

विश्वभरका सिनेमा घरमा एकसाथ रिलिज हुने भएको छ । सोमबार टुकी आर्टस्ले एक विज्ञप्ती सार्वजनिक गर्दै सिनेमा फुलपातीमा नेपालसहित विश्वभरका धेरै देशमा सिनेमा रिलिज गर्ने कर्न्फम भएको उल्लेख गरिएको छ । टुकी आर्टस्ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अमेरिकामा १ हजारदेखि १२ सय शो, क्यानडामा १ सय ५० शो, बेलायतमा ५ सय शो, अष्ट्रेलियामा ५ सय शो, मध्यपूर्वका विभिन्न देशहरुमा ७ सय ५० शो, जपानमा १ सय शो र युरोपका विभिन्न देशमा ५० शो गर्ने तयारी भैरहेको छ ।’ त्यस्तै, भारत, दक्षिण कोरिया, मलेसिया, इराक तथा हङकङमा पनि फिल्म प्रदर्शन हुने जनाइएको छ ।

विज्ञप्तिमा नेपाली फिल्मको इतिहासमा ‘पशुपति प्रसाद २’को अन्तर्राष्ट्रिय रिलिज अहिलेसम्मकै ठूलो हुने दाबी गरिएको छ । यसले नेपाली फिल्म उद्योगलाई माथि उठाउन राम्रो भूमिका खेल्ने निर्माण कम्पनीको विश्वास छ । दीपेन्द्र के. खनालको निर्देशनमा तयार भएको फिल्ममा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, प्रकाश घिमिरे, रविन्द्र सिंह बानियाँ, मिस्श्री थापाको अभिनय छ ।

Leave a Reply