‘परस्त्री’को भव्य प्रिमियर, दर्शकको उत्कृष्ट प्रतिक्रिया

हिजो बिहीबारबाट प्रदर्शनमा आएको चलचित्र परस्त्रीको बुधबार साँझ कमलपोखरीस्थित बिग मुभिजमा भव्य प्रिमियर शोको आयोजना गरिएको थियो । चलचित्र हेर्ने हलमा सिनेमाकर्मीदेखि रंग पत्रकारसम्मको बाक्लो भिड लागेको थियो । चलचित्र हेरेर निस्कँदै गर्दा सस्पेन्स थ्रिलर जनरामा निर्माण भएको चलचित्रलाई मन पराए ।

प्रिमियर शोमा सिनेमा हेर्ने सिनेमाकर्मी र रंग पत्रकार सिनेमामा कलाकारकको अभिनय डेव्यु निर्देशक सुरज पाण्डे र दिपेन्द्र के खनालको लेखनको उच्च प्रशंसा गरेका थिए । बुधबार परस्त्री हेर्न हलमा निर्देशक ज्ञानेन्द्र देउजा, दिवाकर भट्राई, अभिनेता खगेन्द्र लामिछाने, मुकुन भुषाल, निश्चल खड्का, कबिर खड्का, अभिनेत्री स्वस्तिमा खड्का, अन्जना बराईली लगायत पुगेका थिए ।

दर्शकलाई सिनेमा ‘परस्त्री’ दीपेन्द्र र सुरजको गठबन्धनको बलियो उपहार भएको बुझाई उपस्थित सिनेमाकर्मी र पत्रकारको थियो । बुधबार आयोजित सिनेमाको प्रिमियरमा विशेष गरि निर्देशक सुरज पाण्डेको कामको सबैले मुक्तकण्ठले प्रशंसा गरे । आमाको चाहना पुरा गर्न सिनेमा ‘लभ लभ लभ’मा नायकको रुपमा काम गरे पनि सुरजको सपना भने निर्देशक बन्ने थियो । उनले, सिनेमा ‘परस्त्री’बाट निर्देशनमा बलियो संभावना देखाएका छन् ।

सस्पेन्स थ्रीलर कथामा निर्माण भएको सिनेमालाई सुरजले २ घण्टाको कसिलो फ्रेम भित्र बाँधेका छन् । यसैले, सिनेमाको कथावस्तु र प्रस्तुतिले २ घन्टा दर्शकलाई आँखा झिमिक्क पार्न पनि पनि नदिने निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले बताए । सिनेमाबाट सुरजले सस्पेन्स थ्रीलर कथामा कसरी काम गर्नुपर्छ भन्ने पनि गतिलो उदाहरण रहेको बुझाई उनको छ ।

श्रीमान् श्रीमतीको जीवनमा आउने उतारचढाव र गलत केटासँग बिहे गर्दा युवतीले भोग्ने पिडाको कथामा सिनेमा निर्माण भएको छ । सिनेमाका मुख्य ३ कलाकारहरू कोशिश क्षेत्री, गौरव विष्ट र शिल्पा मास्केको कामका प्रशंसा भैरहेको छ । उनीहरूले सिनेमामा गरेको अभिनयको उच्च प्रशंसा गर्नै पर्ने बुझाई सिनेमाकर्मीको थियो । कलाकारको उत्कृष्ट कामका कारण पनि सिनेमा उत्कृष्ट बनेको विश्वास उपस्थीत पाहुनाको छ ।

सिनेमाको प्रिमियरमा पुगेकी अभिनेत्री स्वस्तिमा खड्काले निर्देशक सुरज र कलाकारहरूको कामको खुलेरै तारिफ गरिन् । उनले भनिन्, सुरजले आफुलाई लभ लभ लभमा आफुलाई एउडटा राम्रो कलाकारको रुपमा चिनाएको थियो । आफैले स्क्रिन सेयर गरेको कलाकारले यस्तो राम्रो सिनेमा निर्देशन गरेकोमा आफुलाई गर्व लगेको बताइन् । आफुले परस्त्री हेरेपछि निर्देशनमा सुरजको भविष्य उज्वल देखेको भन्दै प्रशंसा गरिन् ।

विवाहोत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक संकटको कथाबस्तुमा निर्माण भएको सिनेमाको निरज कँडेल छायांकन गरेका हुन् । सुरज पाण्डेको डेव्यु निर्देशन रहेको सिनेमामा कोशिस, शिल्पा र गौरवका अलवा अलिसा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारी, झकेन बिसी र अर्पित न्यौपानेको अभिनय रहेको छ ।

सिनेमामा शर्मिला पाण्डे र दीपेन्द्र के खनालले निर्माणमा सहकार्य गरेका छन् । खनाल सिनेमाका लेखकसमेत हुन् । सिनेमालाई जिजिए ग्रुप र डिसिएनले वितरण गर्दैछन् ।

Leave a Reply