“ब्रह्माण्ड”को पोखरामा फस्ट सेड्युलको छायांकन सम्पन्न

कान्तिपुर फिल्म एकेडेमी, काठमाडौँ र टोपी स्टुडियोजको निर्माणमा पोखरामा सुटीङ्ग भईरहेको नेपाली सिरिज “ब्रह्माण्ड” को फस्ट सिजनको फस्ट सेड्युलको ईन्डक्ल्याप भएको छ । क्यामेरा अन भएको २५ औँ दिनमा पहिलो सेड्युल सकिएको हो । ब्रह्माण्ड ८ एपीसोडको हुनेछ र यसको फुल लेन्थ ८ घण्टाको हुनेछ ।

यस सिरिजलाई रियाज नाटक्कारले निर्देशन गर्दै छन् र यसका कार्यकारी निर्माता सागरराज आचार्य हुन् । सरिजलाई नेपालका चर्चित तथा रुचाइएका सिनेम्याटोग्राफर पुरुषोत्तम प्रधानले खिचेका छन् ।

यस सिरीजमा अर्पण थापा, सुनिल थापा, निशा अधिकारी, भोलाराज सापकोटा, माओत्से गुरुङ्ग, राजन खतिवडा, सरीता गिरी, विशाल पहारी, सुरज विष्ट लगायतको अभिनय रहेको छ भने कान्तिपुर फिल्म एकेडेमीका कलाकारहरू सुप्रज्ञा शर्मा र सञ्जय ढुङ्गानाले पनि डेब्यु गर्दै छन् ।

रियाज नाटककारको लेखन तथा निर्देशन रहेको ब्रह्माण्डको डिओपी पुरुषोत्तम प्रधान, सिनेम्याटोग्राफर शेर बहादुर तामाङ्ग, प्रोडक्सन म्यानेजर दिलीप पन्त हुन् भने यसका कार्यकारी निर्माता सागर राज आचार्य हुन् । ब्रह्माण्ड लाई नेपाली, हिन्दी र अंग्रेजि भाषामा ओटीटी प्लाटफर्ममा रिलीज गरिनेछ ।

पछिल्लो समय नेपाली फिल्ममा चरित्र निर्माण र प्रस्तुतिका आधारले एकदमै रुचाइएका र धेरै फिल्म निर्देशकको आँखामा परिरहेका कलाकार अर्पण थापाले पनि यो सिरिजबाट ओटी टी डेब्यु गर्न लागेको एकेडेमी सिईओ र सिरिजका क्रिएटिव प्रोड्यूसर प्रकाश पुरीले जानकारी गराए ।

सम्भवत कलाकाहरुको यो लाईनअप हेर्दा नेपाली प्रोडक्सनमा यो नेपालको अहिले सम्म कै ह्याभी वेट सिरिज बन्ने छ । विश्व बजारमा दर्शकहरूको फिल्मको टेस्ट र नेपाली फिल्मको नयाँ दर्शक खोज्ने बहस चलिरहेको बेलामा कान्तिपुर फिल्म एकेडेमीले सुरुवात गरेको यो पहल यदि सफल भएमा नेपाली फिल्म र फिल्म मेकरको लागि यो नयाँ बजार र दर्शक बनाउने अवसर पक्कै हुनेछ ।

यी सबै सिरिजहरू नेपाली भाषामा कान्तिपुर फिल्म एकेडेमीको आफ्नै प्लाट्फर्म सङै इन्डियाको एउटा ठुलो ओटी टी प्लाट्फर्मबाट पनि हिन्दी भाषामा प्रदर्शन हुने सहमति भएको प्रोडक्सन टिमले जानकारी दिएको छ ।

यस्तै, केही समय अघि एकेडेमीले वीरगन्जमा ‘मिस स्कार्लेट’ नामको सिरिज निर्माण गरेको थियो । त्यसमा पनि दिग्गज प्राविधिक र कलाकारहरूले काम गरेका थिए । साइको थ्रीलर भनिएको ‘मिस स्कार्लेट’ को अहिले पोस्ट प्रोडक्सन भइरहेको छ ।

Leave a Reply