दीपेन्द्रको निर्देशन रहने चलचित्रमा भिटेन

युवापुस्तामाझ चर्चित र्‍यापर समिर घिसिङ ‘भिटेन’ले नयाँ चलचित्रमा काम गर्ने पक्का भएको छ । उनले दीपेन्द्र के खनालको निर्देशनमा बन्न लागेको अनटाइटल प्रोजेक्टमा काम गर्ने पक्का भएको हो । बुझिएअनुसार, दीपेन्द्र र भिटेन दुवैले चलचित्र साइन गरिसकेका छन् । र्यापर भिटेन र निर्देशक दीपेन्द्र के खनालले पहिलो पटक सहकार्य गर्दै छन् । बुढासुब्बा ओेरिजिनलले निर्माण गर्ने चलचित्रको कथा दीपेन्द्रकै रहने छ। चलचित्रका निर्माता नवराज गिरी हुन् । भिटेनले यसअघि १८ लाख पारिश्रमिक लिएर बुढा सुब्बाकै ब्यानरमा बन्ने ‘रत्नपार्क’ नामक चलचित्र साइन गरेका थिए ।

Leave a Reply