सुरक्षा पन्त स्टारर ‘बहाव’ हेर्न हल पुगे नेतादेखि पत्रकारहरू

गत चैत्रको २४ गतेबाट देशभर प्रदर्शनमा आएको चलचित्र ‘बहाव’ हेर्न ललितपुर स्थित लबिम मलमा रहेको क्युफएक्स हलमा नेतादेखि पत्रकारहरू पुगेका थिए । चलचित्र हेर्न नेकपा एमालेका केन्द्रीय सचिव तथा प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टरार्ई, एमाले नेता एवंम प्रतिनिधि सभा सदस्य ठाकुर गैरे, उकेरा डटकमका प्रधान सम्पादक केपी ढुंगाना, नेपाल प्रेस डटकमका प्रधान सम्पादक मात्रिका पौडेल, कान्तिपुर दैनिकका सम्पादक उमेश चौहान हलमा पुगेका थिए ।

फिल्म हेरेर निस्कँदै गर्दा सांसद गैरेले यस फिल्मको विषयवस्तु प्रगतिसिल विचार बुझन भोग्न र त्यसको कार्यन्वयन गर्न जति बुझन सजिलो छ, जति विचार बोक्न सजिलो छ यसको कार्यन्वयन गर्न गाह्रो छ भन्ने कुरा महत्वपुर्ण रहेको बताएका छन् । यस्तै उनले कलाकारको अभिनयले केही सोच्न वाध्य बनाउने बताउदै समाजमा वैदिक परम्परा, वैदिक संस्कृती हाम्रो जाति भाषा रीति रिवाजका नाममा त्यसले पारेका प्रभावहरुको एउटा जर्डता चाहिँ हाम्रो समाजमा कुन तहमा छ भन्ने कुरा यो फिल्मले ब्यक्त गरेको बताए । फिल्ममा साथीहरुको मेहनत धेरै राम्रो रहेको र यसमा उहाँहरु सर्वेउत्कृष्ठ भएको समेत ब्यक्त गरेका छन् ।

सांसद भट्टराईले फिल्ममा युवाहरुको प्रयत्न निकै सशक्त रहेको बताए । उनले भने, ‘फिल्म राम्रो छ । कलाकार सुरक्षा पन्त नेपाली फिल्म क्षेत्रको सशक्त कलाकार हुनुहुन्छ । उहाँको यो फिल्ममा पनि सशक्त अभिनय रहेको छ र यसले हाम्रो नेपाली समाजका विविध आयम र घटनाक्रमहरुलाई उद्घाटीत गरेको छ ।’

उनले एउटा परिवारमा हुने तनाव, विभेद र चेतनाको कमीका कारण उत्पन्न भएका तनावहरु रहेको उल्लेख गर्दै निर्देशकले त्यो तनावलाई जिवन्त ढंगले प्रस्तुत गरेको बताए । उनले फिल्ममा समाजका विभेदहरुलाई साथै त्यसलाई बदल्नु पर्छ भन्ने सन्देश दिइएको बताए ।

‘महिलाको हकमा यो फिल्म क्रान्तिको प्रतिक रहेको छ । कुनै पनि परिर्वतन नै क्रान्तिकारी भएकाले यसले एउटा नयाँ परिवर्तन खोजेको छ । समाजमा जातिय विभेदहरु छन् । महिला र पुरुषलाई हेर्ने दृष्टिकोण सम्बन्धी विभेदहरु छन् । त्यसमाथि एउटा मध्यमवर्गका कतिपय आकांक्षाहरु छन् । ती आकांक्षाहरुमा बद्लाव खोजेको छ । हिंसात्मक मात्र क्रान्ति होइन । यसले एउटा भद्र अवज्ञा गरेको छ । सुरक्षा पन्तजीले त भद्र अवज्ञा गर्नुभएको छ । त्यसलाई पनि क्रान्ति भनिन्छ’, भट्टराईले भने ।

कान्तिपुर दैनिकका सम्पादक चौहानले निर्माता र निर्देशकले उच्च राजनीतिक र दार्शनिक फिल्म बनाएको बताए । ‘हाम्रो समाजमा अहिले पनि जात, वर्गहरु छन् र त्यसभित्रका अन्तरसंघर्षहरु परिवारभित्र पनि अन्तरसंघर्ष छन् । ती अन्तरसंघर्ष कस्ता छन् भन्ने कुरा फिल्मले देखाएको छ ।समाजमा कथाकथित प्रगतिशिल भनिनेहरुमा पनि अन्तरद्वन्द्व कस्ता छन् । सिद्धान्त र व्यवहारमा यो फिल्मले प्रष्ट पारेको छ’, उनले भने । उनले सुरक्षाले एउटा पिँजडाबाट मुक्त भएर अर्को पिँजडामा बस्दिन भनेको कुरा आफूलाई ‘बोल्ड’ लागेको बताए ।

प्रधानसम्पादक पौडेलले युवा टिमले केही दार्शनिक र राजनीतिक फ्लेभरको फिलम बनाएको बताए । ‘मलाई अहिले नेपाली दर्शकको ट्रेन्ड कता छ, थाहा छैन । फिल्मले आंशिक राजनीतिक र भावनात्मक पक्षलाई बोकेको छ । यसले क्रान्ति आधारभूत वर्गले मात्र गर्दैन, मध्यम वर्गले पनि गर्छ भन्ने देखाएको छ’, उनले भने ।

अर्का सम्पादक ढुंगानाले यो कथाको फिल्म भारतमा रिलिज भएको भए हलमा आगो लाग्ने दाबी गरे । उनले आफूलाई फिल्मको कथामा धेरै राजनीति छिरेको अनुभव गरेको खुलाए । ‘निर्माता र निर्देशकले चलाखीपूर्वक बाम विचारधारा र प्रजातान्त्रिक विचारधाराबीचको फरक के हो भनेर राजनीतिक खेल खेलेका छन् । यो एउटा प्रयोग हो । राजनीतिक विषयवस्तुमा यतिको चलाखी रुपमा निर्देशन भएको फिल्म मैले अहिलेसम्म हेरेको छैन’, उनले भने ।

फिल्ममा नायिका सुरक्षा पन्त र कलाकार कमलमणी नेपालले छोरी र बाबुको भूमिका निर्वाह गरेका छन् । श्रीधर पौडेलको निर्माणमा तयार भएको फिल्ममा प्रमोद कँडेलको लेखन तथा निर्देशन छ । निर्देशक कँडेलले फिल्मलाई नयाँ कोणबाट हेर्ने कोशिश गरेका छन् ।

Leave a Reply