‘नाइँ नभन्नु ल ६’ को प्रदर्शन रोकियो

विकास आचार्य निर्देशित चलचित्र ‘नाइँ नभन्नु ल ६’ को प्रदर्शन रोकिएको छ । यहि वैशाख १ गते प्रदर्शन हुने तयारीमा रहेको चलचित्र अब पूर्वनिर्धारित मितिमा प्रदर्शन नहुने भएको छ । समयमै सेन्सर नहुँदा प्रदर्शन रोकिएको वितरक मनोज राठीले जानकारी दिएका छन् ।

चलचित्रको प्रदर्शन रोकिएको कारण चलचित्र विकास बोर्डले सेन्सर प्रक्रिया अगाडि नबढाएको बताइएको भएपनि सेन्सर सिफारिस भने भैसकेको छ। अन्य आन्तरिक कारणले फिल्म रिलिज नभएको हुन सक्छ। फिल्मलाई वैशाखभित्रै प्रदर्शन गर्ने तयारी भइरहेको जनाइएको छ ।

चलचित्र ‘नाईँ नभन्नू ल’को छैटौं सिरिज ‘नाइँ नभन्नु ल ६’मा अभिनेत्री आँचल शर्मा र डेब्यू अभिनेता आशीर्वाद क्षेत्री मुख्य भूमिकामा रहेका छन् । चलचित्रमा आँचल र आर्शिवादसँगै प्रियंका कार्की, केकी अधिकारी, सरोज खनाल, योगिशा खत्री, अर्थव उप्रेती, एभलिना खड्कालगायतको अभिनय छ । अथर्व अभिनेता निखिल उप्रेती र अभिनेत्री सञ्चिता लुईंटेलका छोरा हुन् । चलचित्रमा उनी नव-अभिनेता आर्शिवाद क्षेत्रीको बाल्यकालको भूमिकामा देखिनेछन् । एभलिना भने टिकटकमा निकै हिट छिन् । आख्यान फिल्म्सको ब्यानरमा सिविन दाहाल र सञ्जय न्यौपाने निर्माता रहेको चलचित्रमा आशीर्वाद र आँचलको जोडी बाँधिएको छ ।

त्यस्तै,‘नाईँ नभन्नू ल’को दोस्रो श्रृंखलादेखि आवद्ध कलाकार अनुभव रेग्मी छैटौं सिरिजमा केमियो भूमिका मात्र रहनेछ । विकासराज आचार्य र सामिप्यराज तिमल्सिनाको कथा रहेको यस चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन छ ।

Leave a Reply