स्वस्तिमा र निश्चलको ‘बेहुली फ्रम मेघौली’को छायांकन चितवनबाट सुरु

चलचित्र ‘बेहुली फ्रम मेघौली’को छायाङ्कन सुरु भएको छ। बुधबार बिहान चितवनस्थित मेघौली गाउँको एक मन्दिरमा शुभमुहूर्त गर्दै फिल्मको छायांकन थालिएको हो । फिल्मको सम्पूर्ण छायांकन यही गाउँमा गरिनेछ ।
चलचित्रमा स्वस्तिमा र निश्चल स्वयं मुख्य भूमिकामा देखिँदैछिन् ।

अभिनेत्री स्वस्तिमा खड्काले यस फिल्ममार्फत निर्मात्रीमा डेब्यु गर्दैछिन्। स्वस्तिमा खड्कासहित फिल्ममा निर्देशक तथा कलाकार निश्चल बस्नेतको पनि लगानी हुनेछ। साजन काफ्ले र आकाश बरालको संयुक्त निर्देशनमा बन्न लागेको चलचित्रमा विजय बराल, सिम्रन खड्का, आमिर गौतम लगायतको पनि अभिनय रहनेछ । फिल्मको कार्यकारी निर्माता शंकर पाण्डे र फिरोज खड्का हुन् । फिल्मलाई आगामी वर्ष २०८१ को दशैंमा प्रदर्शन गर्ने तयारी गरिएको छ ।

Leave a Reply