वर्षा सिवाकोटीको विवाह टुट्यो, आशिषले गरे दोस्रो बिहे

अभिनेत्री वर्षा सिवाकोटीको वैवाहिक सम्बन्ध टुंगिएको छ । यस वर्षको बैशाख ९ गते वर्षाले अमेरिका बसोबास गर्ने आशिष गेलालसँग गुपचुप विवाह गरेकी थिइन् । विवाहपछि हनिमुन मनाउन उनीहरु पोखरा पुगे र त्यसको एक महिनामा श्रीमान् भेट्न वर्षा पनि अमेरिका उडिन् ।

तर, डेढ महिना अमेरिका बसेर नेपाल फर्किएलगत्तै वर्षाले श्रीमानसँगका तस्विरहरु हटाउनु र सामाजिक सञ्जालमा दुवैले एकअर्कालाई अनफलो गरेपछि उनीहरुको सम्बन्ध विग्रिएको चर्चा चल्न थालेको थियो । वर्षासँग विवाह गरेको १० महिनामै आशिषले सोमबार झापाकी एक युवतीसँग दोस्रो बिहे गरेका छन् ।

उनले अमेरिका निवासी इन्जिनियर गेलालसँग मागी विवाह गरेकी थिइन्। परिवारबाट विवाहको कुरा आएपछि उनले अमेरिका गएर आशिषलाई भेटेकी थिइन्। पछि विवाहको योजना बनाएर दुवैले नेपाल फर्किएर विवाह गरेका थिए।

Leave a Reply