यार्सागुम्बा टिप्नेहरुको विषयमा बन्ने ‘हाम्रो स्वर्ग’लाई शोभितले निर्देशन गर्दै

चलचित्र ‘हाम्रो स्वर्ग’ निर्माण हुने भएको छ । यार्सागुम्बा टिप्ने मान्छेहरुको संघर्षको कथामा निर्माण हुने चलचित्रलाई शोभित बस्नेतले निर्देशन गर्नेछन् । शान्ता शर्माको लगानीमा निर्माण हुने चलचित्रमा नवदत्त न्यौपानेको संगीत र रामकृष्ण बुड्थापाको कथा रहनेछ भने रामजी राउत मुख्य सहायक निर्देशकको रुपमा हुनेछन् ।

चैत अन्तिम साताबाट छायांकन सुरु हुने चलचित्रका लागि अहिले दुई अभिनेता र दुई अभिनेत्रीको खोजी भइरहेको छ । कर्णाली प्रदेशको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण हुन लागेको चलचित्रको केही दिनमा कलाकारहरु छनोट गरेपछि वर्कसप सुरु गर्ने निर्माण टिमको तयारी छ । चलचित्रको कर्णाली प्रर्देशका १० वटै जिल्लामा छायांकन गरिनेछ ।

Leave a Reply