काठमाडौँमा पहिलो महिला चलचित्र महोत्सव सम्पन्न

किपालय प्रडक्सनले प्लान इन्टरनेसनलको गल्र्स गेट इक्वल अभियानसँग मिलेर शुक्रबार एक दिने महिला केन्द्रित फिल्म फेस्टिभलको आयोजना गरेको छ । ‘वुमन मेक फिल्म फेस्ट’ शीर्षकमा अस्कर इन्टरनेसनल कलेजमा सम्पन्न फेस्टिभलमा महिला निर्देशकले निर्माण तथानिर्देशन गरेका फिल्म देखाइएको थियो ।

विहान ११ बजेदेखि २ बजेसम्म चलेको फेस्टिभलमा सर्ट तथा डकुमेन्ट्री विधामानिर्माण भएका १५ वटा फिल्म देखाइएको किपालय प्रडक्सनले जनाएको छ । किपालय प्रडक्सनले फिल्मनिर्माण तथानिर्देशनमामहिलाको सहभागितालाई बढावा दिने उद्देश्यले प्लान इन्टरनेसनलसँगमिलेर दुई चरणमा फिल्मनिर्माण कार्यशाला सम्पन्नगरिसकेको छ । फेस्टिभलमा यसरी निर्माण भएकाफिल्मसँगै अन्य संस्थाको सहकार्यमामहिलाले बनाएकाफिल्मप्रदर्शन गरिएकाहुन् । किपालयले सन् २०२१मा काठमाडौँमा र सन् २०२२ माबाँके बर्दियामाकार्यशालाचलाएको थियो ।

यसैगरी फेस्टिभलमा किपालयले बाँकेमादिएको मोबाइलफिल्म मेकिङको कार्यशालाबाट तयार भएकाफिल्मलाई पनिप्रदर्शनमा समावेश गरेको थियो । डकस्कुलबाट बनेका डकुमेन्ट्रीपनि फेस्टिभलमा सहभागी गराइएकी फेस्टिभल आयोजनाकी सदस्यपुष्पाजोशीले बताइन् ।
फेस्टिभलमा समावेश फिल्मतीन स्लटमा राखीप्रदर्शन गरिएको थियो । ११ बजेदेखि १२.१०सम्म चलेको पहिलो स्लटमा ५ फिल्म देखाइएको थियो जसमाकल्पनाबम र प्रतिभापन्तनिर्देशित ‘दिजर्नी अफइनोसेन्स’, मिरा खड्का र अस्मितालावतीनिर्देशित ‘वन रुपी’,श्रीषाकुवँर र एन्जिला चौधरी निर्देशित ‘मेरो बुवा’, डिम्पल राजथला र भावनाअधिकारी निर्देशित ‘खुल्लाआकाश’, पुष्पा जोशी र सपना बेलबासे निर्देशित ‘भेइल्ड’, प्रदर्शन गरिएको थियो । १२.१० देखि १.२० सम्म चलेको दोस्रो स्लटमा ४ फिल्म देखाइएको थियो । यसमापिंकीश्रीष राना र एलएसएमनिर्देशित ‘हजुर’, शुभांगी खड्का निर्देशित ‘मदरर्स स्कुल’, शर्मिलाआले निर्देशित ‘साउन्ड अफब्यांगल’, मुना बिके र सरला सुनुवार निर्देशित ‘आन्टीको गाउँ’प्रदर्शन भएकाथिए ।
अनु रावत र सम्झना चौधरीको निर्देशन रहेको ‘ह्युमन ट्राफिकिङ’, हेमा सुनार, गोविन्द राना र टीकारामविकको निर्देशन रहेको ‘मेन्टल हेल्थ’, न्यान्सीशाह र पूजा परियारको निर्देशन रहेको ‘चाइल्ड म्यारिज’, सुरज गुरुङ र चेतना केसीको निर्देशन रहेको ‘एम आइ गुड इनफ’, अन्जली घर्ती मगरको ‘एउटा कथा’ र तृषा ढकालको ‘डियर डायरी’अन्तिम स्लटमा देखाइएको थियो ।
किपालयले महिलाले बनाएकाफिल्ममात्रप्रदर्शन गरिनु आफैँमापहिलो प्रयोग भएको र यसमामहिलानिर्मातानिर्देशकको उत्साहजनक सहभागिताले हौसलादिएको बताएका छन् । किपालयप्रमुखआश्मापोखरेलले यो सालको फेस्टिभल सानो स्केलमागरिए पनिआगामी सालयसलाई वृहत् बनाउने योजना रहेको बताएका छन् ।
‘यो सालहामीले सानो स्केलमा ट्रायलको रुपमा नेपालीफिल्ममेकरका मात्रफिल्म देखाएर सुरुवात गरेका हौँ । आउँदो सालविदेशीफिल्म र फिल्ममेकरलाई पनि सहभागी गराएरदुई तीनदिनकोभव्य फेस्टिभल गर्ने योजना छ,’ आश्माले भनिन् ।
यसकालागि बेलायत र युरोपकामहिलाफिल्म फेस्टिभलसँग सहकार्यको कुरा अगाढि बढिरहेको पनिउनले जानकारी गराएकी छिन् ।
फेस्टिभलमा फिल्मकलेजकाविद्यार्थीसँगै २ सयभन्दा बढी दर्शकको सहभागिता रहेको थियो । फेस्टिभल सम्पन्न गर्न चलचित्रविकास बोर्ड, ब्रिटिश काउन्सिल, चिल्ड्रेनलफिल्म सोसाइट, डक स्कुल, गौँथली इन्टरटेनमेन्ट र सिर्जना सूत्रको पनि सहयोग रहेको थियो ।

Leave a Reply