अनुप बराल निर्देशित ‘दोख’ असार २४ मा प्रदर्शन हुने

कलाकार अनुप बरालको निर्देशनमा तयार भएको चलचित्र ‘दोख’को प्रदर्शन मिति घोषणा गरिएको छ । बुधवार निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै चलचित्र अगामी असार २४ गते (जुलाई ८) गते प्रदर्शन हुने घोषणा गरेको हो । चलचित्रले द्वन्द्वकालिन समयको कथा प्रस्तुत गर्ने छ । गत वर्षको बैशाखमा सार्वजनिक गरिएको चलचित्रको ‘रातैले बुन्छ’ गीत हिट भएको थियो ।

चलचित्रमा दीया मास्के, मनीष निरौला, लोकमणि सापकोटा, माओत्से गुरुङ, रोय दीप, सुरज मल्ल, देव न्यौपाने, अनोज पाण्डे, सजन थापा, कमल देवकोटा, किरण चाम्लिङ, केशव राई, दिवज राईलगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ । शैलेन्द्र डी कार्कीले छायांकन गरेको चलचित्रमा राजन कठैतको कथा तथा पटकथा छ । ‘दोख’मा आभास र पुष्प संगमको संगीत रहेको छ । सविन ज्ञवाली र मनोज अधिकारी निर्माता रहेको चलचित्रमा भीम न्यौपाने, ओम गुरुङ, रन्जु वाग्ले कार्यकारी निर्माताको रुपमा छन् ।

Leave a Reply