‘बिहे पास’को ‘खाली छैन मेरो मुटु’ गीतमा दयाहाङ र प्रकृतिबीच प्रेमका कुरा

२०८० सालको वैशाख १ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘बिहे पास’ को ‘खाली छैन मेरो मुटु’ बोलको रोमान्टिक गीत शुक्रबार सार्वजनीक गरिएको छ । दयाहाङ राई र प्रकृति श्रेष्ठ फिचर गीत बुढा सुब्बा डिजिटलमार्फत दर्शकमाझ ल्याइएको हो ।

अस्तित्भा कणर् र बिद्या मञ्जु तिवारीको स्वर,प्रवेश मल्लिकको संगीत र डिपी खनालले शब्द तथा रामजी लामीछानेको कोरियोग्राफी रहेको गीतमा अभिनेता दयाहाङले अभिनेत्री प्रकृतिप्रति प्रेमभाव प्रस्तुत गरेको देखिन्छ ।

प्रबेश पौडेल निर्देशीत फिल्ममा दयाहाङ र प्रकृतिका साथमा श्याम राई,बिशाल पहाडी,सुवास गजुरेल,हिउँवाला गौतम,रुषा न्यौपाने,नवीन शेरचन,उमा बानियाँ र प्रकाश भुजेलले अभिनय गरेका छन् । केही दिनअघि सार्वजनीक फिल्मको टिजरमा पत्नी प्रकृति सरकारी अधिकृत र पति दयाहाङलाई सरकारी जागिर पाउन प्रयत्नरत देखाइएको छ । दर्शकको वाहवाही बटुल्न सफल टिजरपछि ‘बिहे पास’ का निर्माता केही दिनमै ट्रेलर ल्याउने तयारीमा छन् ।

पूर्वी नेपालका बिभिन्न रमणीय स्थलमा खिचिएको फिल्मको प्रस्तुतकर्ता रोहित कटेल र कार्यकारी निर्माता रत्न श्रेष्ठ छन् । शिब ढकालले खिचेको फिल्मलाई मित्र गुरुङले सम्पादन गरेका हुन् । मर्रे केर,आकाश बराल र सजन काफ्लेको संयुक्त कथा रहेको फिल्मको पटकथा भने आकाश र सजनले लेखेका हुन् । रोजन श्रेष्ठ निर्माता,ग्याल्जेन लामा र बालकृष्ण पाख्रिन सहनिर्माता रहेको फिल्म दर्शकलाई नयाँ बर्ष २०८० को उपहार स्वरुप पस्कन लागीएको दावी निर्देशक प्रबेशको छ । ‘बिहे पास’ नामुद फिल्म बितरण कम्पनी आरआर फिल्म प्रोडक्शनले निर्माण गरेको दोश्रो फिल्म हो ।
हेर्नुस् गीत-

Leave a Reply