जानी नजानी कुनै कुरामा भेदभाव गरेको भए गल्ती भएको भन्दै केकीले मागिन् माफी

नायिका केकी अधिकारीले सामाजिक संजाल फेसबुकमार्फत माफी मागेकी छिन् । केकीले आफूले जानी नजानी कुनै कुरामा भेदभाव गरेको भए गल्ती भएको भन्दै माफी मागेकी हुन् । उनले फेसबुकमा स्टाटस लेखेकी छन्,‘जानी नजानी कुनै न कुनै प्रकृतिको, भावनाको, सोचको भेदभाव, विभेद हामी सबै भित्र दृश्य-अदृश्य रुपमा जकडिएको छ।’ आफूले आफूलाई नियाल्न, मुल्यांकन गर्न र त्यस प्रकारको सोच आफै भित्रबाट जरैदेखि निर्मुल पानी सबैलाई विवेक र शक्ति मिलोस् भन्दै केकीले अगाडि लेखेकी छिन्–‘अहिलेसम्म आफूबाट भएको वा हुन गएको सबै खालको व्यवहारिक एवंम वैचारिक विभेद वा त्यस किसिमको सोच र त्यसबाट पर्न गएको असरका लागि म अन्तरहृदयबाट क्षमाप्रार्थी छु ।’ केकी केही साता अगाडि विपश्यनामा बसेर फर्किएकी थिइन् ।

Leave a Reply