साइकोलोजिक थ्रिलर ‘षट्कोण’को ट्रेलर सार्वजनिक

मिलन डि काप्रि निर्देशित चलचित्र ‘षट्कोण’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार इन्टरनेटमा रिलिज गरिएको साइकोलोजिक थ्रिलर चलचित्रको ट्रेलरले दर्शकमा कौतुहलता जगाउनका साथै अन्य चलचित्रभन्दा फरक देखिन्छ ।

२ मिनेट लामो सार्वजनिक ट्रेलरमा कर्मा एक मर्डर मिस्ट्रीको खोजीमा लागेको पत्रकारको भुमिकामा देखिएका छन् । षट्कोण मिलनको डेव्यु निर्देशकिय चलचित्र हो । सार्वजनिक टिजर र ट्रेलरबाट उनले निर्देशनमा राम्रो सम्भावना देखाएका छन् । चलचित्रको टिजर र ट्रेलर भन्दा निकै राम्रो बनेकाले दर्शकले मन पराउनेमा मिलन विश्वस्त रहेको बताउँछन् ।

क्लेमेन्टाइन प्रोडक्सन र ट्राभलर्स क्रिउ फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्र आगामी बैशाख २३ गतेबाट नेपाल भरका सिनेमा घरमा रिलिज हुनेछ । कोरोना महामारी अगाडी नै निर्माण भएको चलचित्रको सम्पुर्ण काम सकेर प्रदर्शनको पालो कुरेर बसेकाले अहिले समय उत्तम लागेकाले रिलिजको लागि तयार भएको निर्माण टिमको भनाई छ ।

चलचित्रमा कर्मा र भोलाराज सापकोटाका अलवा लोकेन्द्र लेखक, सुयशा अधिकारी, विराज कडरिया, शिशिर लिम्बु वानेम, बाल कलाकार असिम लामाको अभिनय रहेको छ । शिशिर लिम्बु वानेमको कथा तथा पटकथा रहेको चलचित्रको संवाद महेश दवाडीले लेखेका हुन् ।

चलचित्रमा आङ्छेन लामाको छायांकन, सागर खनाल र निर्देशक मिलन डि काप्रिले सम्पादन छ । क्लेमेन्टाइन प्रोडक्सनको युट्युब च्यानलबाट टिजर रिलिज गरिएको चलचित्रलाई वितरण जिम्मा आरआर फिल्मस्ले लिएको छ ।

Leave a Reply