दयाहाङ, विपिन र प्रियंकाको ‘फूलबारी’ आजबाट प्रदर्शनमा

‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङले निर्देशित मल्टीस्टारर चलचित्र ‘फूलबारी’ महाशिवरात्रीको छेको पारेर आज शुक्रबारदेखि प्रदर्शनमा आएको छ । पारिवारिक कथामा निर्माण भएको चलचित्रमा विपिन कार्की , अरुणा कार्की, दयाहाङ राई, प्रियंका कार्की, गौमाया गुरुङ, शिल्पा मास्के, सोमनाथ खनाल, अनुपम शर्मा, मनिष ढकाल, लोकेन्द्र लेखकलगायतको अभिनय देख्न सकिनेछ ।

यशोदा फिल्मस्को ब्यानरमा निर्माण भएको सामाजिक नेपाली चलचित्रको कथा र कन्सेप्ट कमल किशोर मलपानीको हो । अभिभावक र सन्तान बीचको सम्बन्धको कथामा चलचित्रले नेपाली समाजमा सवैले भोगिराखेकै पारिवारिक सामाजिक कथा निर्देशक गुरुङले पस्किएका छन् । उपेन्द्र सुब्बाको पटकथामा विपिन र अरुणाले पाका दम्पतिको भूमिका निर्वाह गरेका छन् ।

चलचित्रमा गौमाया गुरुङ, रुजा राउत, रुपेश दाहाल, सुमित्रा गोम्जा, कायरा कार्की, सोफिया राईको पनि अभिनय छ । फूलबारीमा जोस हेरुमको छायांकन, कालीप्रसाद बाँस्कोटा र अनुपम शर्माको संगीत रहनेछ । मणिराम पोखरेलले कार्यकारी निर्माता रहेको चलचित्रमा मनिष ढकाल निर्माताको रुपमा रहेका छन् ।

Leave a Reply