नेपाली सिनेमा र प्रहरी चरित्र

शम्भु सुस्केरा
हिन्दी सिनेमामा प्रहरीको व्यक्तिगत चरित्र, आनी बानी, पोसाक र अभिनय मात्र होईन,पर्दाका ठूलठूला अपरेशन हेर्दा लाग्दैन कि म फिल्म हेरिरहेको छु भन्ने । व्यवसायिक प्रहरीले प्रहरी कारबाही गरिरहेका छन् भन्ने भान हुन्छ । यता नेपाली सिनेमा वा टिभि सिरियलमा भिड नियन्त्रणका दृष्य देखाउनु प¥यो भने पनि तीनजना प्रहरीलाई उतारिएको देखिन्छ ।
भूमिका बाँधेर सिनेमाका कुरा गरिरहँदा मेरो मनसाय नेपाली र हिन्दी सिनेमाको तुलना र विवेचना गर्नु पटक्कै होईन । केबल नेपाली सिनेमामा प्रहरी पात्र र तिनका पोसाक सहितका हाउभाउको कुरा मात्र उठाउन खोजेको हुँ ।
कतिपय सिनेमा होस् वा टिभि सिरियलमा, प्रहरी पात्र उभ्याएको हुन्छ । एक त उसले लगाउने प्रहरी पोशाक दुरुस्त प्रहरीको जस्तो हुँदैन । अर्को, उसले गर्ने अभिवादन एकदमै अशोभनीय हुन्छ । नीलो वर्किङ्ग ड्रेस लगाएर हातमा छडीको एक छेउमा समातेर अर्को हात टाउकोमा लगेर सलाम गर्छ अनि फेरि खुट्टाको पञ्जाले टेकेर तिनिक्क तन्किन्छ । अर्को तीर टाउकोमा टोपी लगाएको हुँदैन निधारमा हात लगेर सलाम गर्छ । प्रहरीको चरित्र असल वा खराब । सकारात्मक वा नकारात्मक जे पनि हुन सक्छ । ऊ पनि नेपाली समाजको उपजहो । त्यसैलाई नेपाली सिनेमामा जस्ताको तस्तै चित्रण गरिनु नौलो कुरो होईन । तर चरित्र जस्तो देखाए पनि उसले गर्ने अभिवादन गाइजात्रे देखाउनु कति पत्यारिलो होला ? यो सरासर दर्शकका लागि भ्रम त हो नै प्रहरी सेवाकै बद्नामी पनि हो । सिनेमाका कथा नेपाली वर्तमान समाज र जनजीवनलाई आधार मानेर लेखिएको हुन्छ । सिनेमाका दृष्यमा अपराधीको घाँटी र खुट्टामा साङ्लीले बाँधेको देखाइन्छ । यस्ता कुरा नेपाली समाजबाट हटेकै ३० वर्ष हुन लाग्यो । यसबाट के बुझ्ने ? अपराधीलाई त्यसरी नेलले बाँधिनु पर्छ भन्ने सन्देश होका, मौजाद कानुन र मानवाधिकारको उल्लंघन हो । नेपाल प्रहरी, नेपालको कानुन र मानवाधिकारको सामान्य सिद्धान्त समेत अध्ययन नगरी सिनेमा बनाईएको हो त ?
धेरै नेपालीलाई थाहा छ नेपाल प्रहरीका गतिविधी र क्रियाकलाप मात्र होईन उसले गर्ने अभिवादनका तरिका समेत । सिनेमाका प्रहरीलाई हेरेर दर्शकले नाक खुम्च्याउनु नेपाली सिनेमाको मात्र होईन आम नेपालीकै नाक खुम्चिनु होइन र ? यसलाई सूचनाको गलत प्रवाह मान्न सकिन्छ । गलत सूचना प्रवाह गर्नु मानवाधिकारकै विरुद्ध हो ।
कुनैपनि टिभि कार्यक्रम तथा सिनेमाका लागि प्रहरी पोशाक वा दज्र्यानी चिन्ह उपलब्ध गरउाँदा प्रहरीले स्क्रिप्ट हेरेर सामग्री उपलब्ध गराउने गरेको छ । यो काम प्रहरी प्रधान कार्यालयले गर्छ ।
सिनेकर्मी वा व्यवसायीले प्रहरी पोशाक लगाउने र अभिवादन गर्ने तरिकाको बारेमा सामान्य प्रशिक्षण लिनु वा सुटिङका बखत प्रहरीको सहयोग लिनु कुन सजिलो र व्यवहारिक हुन्छ त्यसो गर्नु हितकारी होला । जहाँ सुकैबाट जसले पनि चिनजानका आधारमा साथीभाइ खुसी पार्न सामान्य अभिवादनको समेत ज्ञान नभएका फिल्मकर्मीलाई पोशाक र दज्र्यानी चिन्ह दिनाले नेपाल प्रहरीको पोशाकको गलत प्रयोग र गलत अभिवादनले नेपाल प्रहरीको साखलाई कमजोर बनाइरहेको मात्र घै नेपाली सिनेमाको विश्वसनीयता पनि घटेको छ । नेपाल प्रहरीसँगको अनुमति बिना युनिफर्म वा दज्र्यानी चिन्ह कतैबाट किनेर प्रयोग गर्नु गैह् कानुनी त हो नै आफैँले आफ्नो व्यवसायमा नोक्सान पार्ने कारण पनि हो ।
हामीले देखेका छौँ भूगोल, समाज र परिवेस जस्ताको तस्तै अध्ययन गरेर लेखिएका सिनेमा कथा रुचाएका छन् दर्सकले । तिनै दर्सक हुन् जसले खाफू नजिक प्रहरी चौकीको पुलिसको मेसमा के पाक्छ ? उसले कस्तो लुगा लगाउँछ ? आफूभन्दा ठूलालाई टोपी लगाएको र नलगाएको अवस्थामा कसरी अभिवादन गर्छ ? आदि राम्ररी थाहा छ । ती दर्सकलाई ढाँटेर सिनेमा निर्माण गर्ने, अनि मेरो सिनेमा हेरिदिनुस भनेका भरमा मात्र दर्सकलाई हलसम्म तान्न् सकिन्छ भन्ने सोच्नु भ्रम हो ।
(लेखक प्रहरी सबइन्स्पेक्टर हुन्।)

Leave a Reply