झरनाको ‘भगवत् गीता’मा विपिन कार्की अनुबन्धित

अभिनेत्री झरना थापाको निर्देशनमा बन्न लागेको चलचित्र ‘भगवत् गीता’मा विपिन कार्की अनुबन्धित भएका छन् । बुधबार निर्माण कम्पनी र अभिनेता कार्कीबीच लिखित सम्झौता भएको हो। चलचित्रमा विपिन प्रमुख नायकको भूमिकामा देखिंदैछन् । आगामी माघ २० गतेदेखि छायांकन सुरु हुने चलचित्रमा अभिनेता धिरज मगर र अभिनेत्री सुहाना थापाको मुख्य भूमिका रहनेछ ।

सुहाना इन्टरटेनमेन्टको प्रस्तुति र सुनिल कुमार थापाले निर्माण गर्ने चलचित्रको प्रदर्शन मिति आगामी बैशाख १ गतेलाई घोषणा गरिएको छ । चलचित्रको छायांकन जनकपुर र मनाङमा गरिने छ । केहि समयअघि जनकपुरधाममा खिचिएको सुहाना फिचर्ड ‘अनाउन्समेन्ट टिजर’ सार्वजनिक भएको थियो।

मधेशी समुदायकी युवती र पहाडी समुदायका युवकबीचको प्रेमकथामा चलचित्र आधारित हुने बताइएको छ । चलचित्रको निर्माण नहुँदै अमेरिका राइट्स भने विक्री भइसकेको छ । सुहाना थापा सीईओ रहेको त्रिनेत्रम डिष्ट्रिब्युसनले उपत्यकाबाहिर र काव्या फिल्म्सले काठमाडौंमा वितरण गर्ने चलचित्रमा सञ्जय लामाको छायांकन, प्रवेश मल्लिकको ब्याकग्राउन्ड स्कोर, साहिल खानको सम्पादन र रामजी लामिछानेको कोरियोग्राफी रहनेछ ।

Leave a Reply