दयाहाङ राईले साइन गरे दीपक श्रेष्ठको नयाँ चलचित्र

अभिनेता दयाहाङ राईले दीपक श्रेष्ठले निर्देशन गर्ने नयाँ चलचित्र साइन गरेका छन् । निर्माण टिम र दयाहाङबिच मंगलबार कागजी सम्झौता भएको हो । चलचित्रमा अहिले दयाहाङ मात्र अनुबन्धित भएका हुन् । चलचित्रका लागि एक नायक र एक नायिका केही दिनमा फाइनल गरिने निर्माण पक्षले बताएको छ ।

श्रेष्ठकै कथा तथा निर्देशन रहने चलचित्रमा सौरभ लामाको छायाङ्कन रहने छ । केबल तामाङको प्रस्तुतिमा तयार हुने चलचित्रमा कोमल गुरुङको लगानी रहनेछ । चलचित्रका सुरज आचार्य हेड अफ प्रोडक्शन हुन् ।

एक समय ‘आमाको आर्शिवाद’, ‘गाउँले’, ‘पापी मान्छे’, ‘पर्खि बसेँ’, ‘हिम्मत’ जस्ता सफल फिल्मको निर्देशन गरेका दीपक श्रेष्ठ ‘रङ वे’पछि ७ वर्ष निर्देशनबाट टाढा बसेका थिए । लकडाउनपछि फिल्म ‘घिन्ताङ’बाट निर्देशनमा कमब्याक गरेका उनी अब नयाँ फिल्मको तयारीमा जुटेका छन् । उनको निर्देशनमा बन्न लागेको एक बेनाम फिल्ममा नायक दयाहाङ राई अनुबन्ध भएका छन् ।

Leave a Reply