मधुसुदन भट्टराईको अनटाइटल चलचित्रमा आर्यन सिग्देल अनुबन्धित

निर्देशक मधुसुदन भट्टराईको निर्देशनमा निर्माण हुने नयाँ चलचित्रमा आज अभिनेता आर्यन सिग्देल अनुबन्धित भएका छन । बुधबार निर्माता र अभिनेता आर्यनबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।यसै चलचित्रमा यसअघि नै अभिनेता मुकुन भुसाल अनुबन्धित भैसकेका छन् । अनटाइटल प्रोजेक्टको चलचित्रमा अभिनेत्री भने तय भएको छैन ।

आगामी फागुन पहिलो साताबाट छायांकन सुरु हुने चलचित्रको नेपाल र यूएईको दुबईमा छायांकन हुनेछ । लक्ष्मण सुवेदीको पटकथा रहने चलचित्र ग्रामीण जीवनको सुख–दुःखमा आधारित हुने बताइएको छ । जय माँ दुर्गे फिल्म्स प्रािलको ब्यानरमा बन्ने चलचित्रको निर्मातामा छिरिङ तेन्डुप शेर्पा, विजय चन्द र भुवनकुमार काफ्ले छन् ।

Leave a Reply