‘अन्तिम संस्कार’लाई बुवाले दिएको अन्तिम उपहारका रुपमा लिएको छु- विजय लामा

वरिष्ठ क्याप्टेन रहेका अभिनेता विजय लामाले चलचित्र ‘अन्तिम संस्कार’ आइरहेका भन्दा बिल्कुलै फरक रहेको दाबी गरेका छन् । निर्माता, निर्देशक एवं कलाकारहरुले समेत निकै चुनौती मोलेर चलचित्रमा काम गरेको र एउटा उत्कृष्ट चलचित्र बनेको उनले बताए । आफूले हरेक चलचित्रमा केही फरक खोज्ने गरेको र ‘अन्तिम संस्कार’मा त्यो कुरा पाएपछि काम गरेको अभिनेता लामाले बताए ।

‘कलाकार भएपछि केही फरक गर्नुपर्छ । केही चुनौती मोल्न सक्नुपर्छ’ उनले भने, ‘यो खालको चलचित्रमा काम गर्न जो-कोही नेपाली कलाकारले आँट गर्न सक्दैनन् ।’ निर्माताले पनि ठूलो चुनौती मोलेर चलचित्र निर्माण गरेको उनको भनाई छ ।

‘अन्तिम संस्कार’लाई लण्डनमा फिल्म मेकिङ पढेर आएका प्रदीप शाहीले निर्देशन गरेका हुन् । निर्देशकको केही समयको रिसर्च, कलाकारहरुको वर्कशप पश्चात मात्रै चलचित्र छायाँकनमा गएको थियो । चलचित्रका लागि अभिनेता लामाले २० केजी तौल घटाएको स्मरण गरे । हिमालपारीको जिल्ला मुस्ताङमा माइनस डिग्री सेल्सीयसमा चलचित्रको छायाँकन गरिएको थियो । दिनको १८ देखि २१ घण्टासम्म खटिएर चलचित्रको छायाँकन गरिएको समेत अभिनेता लामाले स्मरण गरे ।

अभिनेता लामाले आफूले बुवाको अन्तिम संस्कार गरिरहेको समयमा ‘अन्तिम संस्कार’ चलचित्र साइन गरेकाथिए । सोहीकारण आफ्नो लागि यस चलचित्र भावनात्मक हिसाबले पनि विशेष रहेको उनको भनाई छ । ‘मलाई बुवाले नै चलचित्र क्षेत्रमा ल्याउनुभएको थियो । उहाँ संसारबाट बिदा हुँदा पनि मलाई चलचित्र दिएर जानुभयो । ‘अन्तिम संस्कार’लाई म मेरो बुवाले दिएको अन्तिम उपहारका रुपमा लिएको छु’ – लामा यसै भन्छन् ।

साई प्रोडक्सन नेपालको ब्यानरमा ह्याम्साएर एकाउन्टेनको सहकार्य रहेको चलचित्रमा भाइराजाथापा, राजु कुमार गुरुङ, सुमन राई, उत्सव विष्ट, रबिन्द्र श्रेष्ठ कार्यकारी निर्माता रहेका छन् । विनोद सुवेदी क्षितिज निर्माता रहेको चलचित्र सामाजिक एवं सांस्कृतिक कथावस्तुमा निर्माण भएको हो । ‘मर्डर मिसयूज’को कथालाई चलचित्रमा समावेश गरिएको छ । चलचित्रमा अभिनेता लामालाई धेरैवटा क्यारेक्टरमा पाउन सकिन्छ ।

‘यो चलचित्र हाम्रो आफ्नो कथा हो ।नेपालीहरुको कथा हो । यसमा रहस्य पनि छ । यसमा परम्परा पनि छ । यसमा इमोशन पनि छ’ उनले भने, ‘एकदमै मेहनत गरेका छौं । दर्शकहरुले रुचाउनुहुन्छ भन्ने पूर्ण विश्वास छ ।’ चलचित्रमाविजयकाअलावादियापुन, एवनराजउप्रेती, त्रिचन्द्र राई, रेश्माघिमिरे, विशालपहारी, कृष्णभक्तमहर्जन लगायतको शीर्ष अभिनय छ । साथमाश्याम राई, पासाङ्ग शेर्पा, दिग्गजखत्री, सुस्मितागिरी, आईशातामाङ, सुरज खालिङ लगायतको पनिचलचित्रमाअभिनय छ ।

चलचित्रविभिन्नअन्तराष्ट्रियअवार्डमा समेत जाने विश्वास अभिनेतालामाले लिएकाछन् । यसचलचित्रमार्फत विश्व रेकर्ड राख्ने कुनै कार्य गर्ने योजना रहेको पनिलामाले बताए ।बाबु श्रेष्ठको छायाँकन रहेको यस चलचित्रको प्रोडक्सनडिजाईनर प्रेम खड्काहुन् ।

Leave a Reply