निशान र रचनाको ‘माया गर्नलाई’मा सुधिरसँग गरिमाको प्रेम(भिडियो)

दुई चर्चित गायक निशान भट्टराई र रचना रिमालको स्वरमा ‘माया गर्नलाई’ बोलको गीत सार्वजनिक भएको छ । रोमान्टिक शैलीको गीतमा मोडलद्धय सुधिर श्रेष्ठ र गरिमा शर्माको अभिनय छ ।

यो गीतमा प्रदिप चापागाँइको शब्द, दीपक शर्माको संगीत छ । म्युजिक भिडियोको निर्देशन शान थापाले गरेका हुन् । भिडियोमा अर्जुन तिवारीको छायांकन, सुप्रिम पराजुलीको सम्पादन, राजिव समरको कोरियोग्राफी छ ।

म्युजिक भिडियोलाई गीतकार प्रदिप चापागाईको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ । प्रेम भावमा तयार भएको गीतको भिडियोमा सुधिर र गरिमाको रोमान्स निकै जमेको छ । सुधिर श्रेष्ठ र गरिमा शर्माको केमेस्ट्रीलाई दर्शकले म्युजिक भिडियोमा एकदमै रुचाएका छन् ।

म्यूजिक भिडियोमा पछिल्लो समय टिकटक प्रयोगकर्ताको प्रवेश बढ्दै गएको छ । टिकटक हुँदै म्यूजिक भिडियोमा छोटो समयमा पनि चर्चामा आउन सफल भएका उदाहरण छन् । त्यहीँ म्यूजिक भिडियो क्षेत्रमा जम्दै गएका कलाकारहरु हुन्, सुधिर र गरिमा।

छोटो भिडियो बनाएर सजिलैसँग आफ्नो प्रतिभा देखाउने माध्यम हो , टिकटक। गीतमा ‘लिप सिंक’ गर्दा रमाउनेहरु हुन् वा अभिनय गरेर छोटो भिडियो अपलोड गर्नेहरु हुन्, टिकटकका माध्यमबाट सेलेब्रिटीको पहिचान बनाएकाहरु बढेका बढ्यै छन् । टिकटकको अभिनय तथा चर्चाबाट धेरैले म्यूजिक भिडियोमा मौका पाइरहेका छन्। त्यस्तै टिकटकबाट नै चर्चामा आएका हुन् , सुधिर श्रेष्ठ र गरिमा शर्मा ।

गीत हेर्नुहोस् :-

Leave a Reply