‘कमेडी च्याम्पियन’को तेस्रो सिजनको अडिसन पुस २७ देखि सुरु हुने

दर्शकको अत्याधिक माया पाएको नेपालको पहिलो कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को तेस्रो सिजनको अडिसन पुस २७ गतेदेखि सुरु हुने भएको छ । प्रतिस्पर्धामा भाग लिन इच्छुकले माघ १६ गतेसम्म अडिसन दिन सक्ने छन्।

सहभागी हुन चाहनेले पे वेल एप डाउनलोड गरेर भिडियो पठाउन सक्नेछन् । भिडियोको लम्बाइ ५ मिनेटसम्मको हुनुपर्ने जनाइएको छ । भिडियो प्राप्त गरेपछि उत्कृष्टलाई छनोट गरेर फिजिकल अडिसनमा सहभागी गराइनेछ ।

Leave a Reply