पुष्प र श्रद्धाको ‘कृष्ण लीला’ आउँदो कृष्ण अष्टमीमा प्रदर्शन हुने

चलचित्र ‘कृष्ण लीला’को नयाँ प्रदर्शन मिति घोषणा भएको छ । अभिनेता पुष्प खड्का र अभिनेत्री श्रद्धा क्षेत्रीको मुख्य भूमिका रहेको चलचित्र कृष्ण जन्माष्टमीको दिन पारेर आउँदो भदौ ३ गते प्रदर्शन हुने तय भएको छ। यसअघि चलचित्र गत वर्षको चैत २७ गते प्रदर्शनमा आउने तयारीमा थियो तर, कोरोनाका कारण हलहरु बन्द भएपछि चलचित्रको प्रदर्शन रोकिएको थियो ।

दीपक ओलीको निर्देशनमा बनेको चलचित्रमा पुष्प र श्रद्धासँगै बुद्धि तामाङ, रबिन्द्र झा, भावना गुरुङ, नवीन रेग्मी, हिउँवाला गौतम, आयुष गुरागाई लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । चलचित्रमा शिव ढकालको छायांकन, अर्जुन जिसीको सम्पादन, अर्जुन पोखरेलको संगीत, लक्ष्मण सुवेदीको कथा, रामजी लामीछानेको कोरियोग्राफी र श्री श्रेष्ठको द्वन्द्व निर्देशन छ ।

आरआर फिल्मस्को ब्यानरमा रोहित कट्टेलको प्रस्तुति तथा रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेको यो चलचित्रमा प्रकाश राज कार्की र केवल तामाङ निर्माता, पिताम्बर आचार्य र रोजन श्रेष्ठ सह-निर्मातामा छन् । चलचित्रमा पुष्पले सुस्त मनस्थिति भएको युवकको भूमिका निर्वाह गरेका छन् । चलचित्रको ट्रेलर गत वर्ष नै सार्वजनिक भएको थियो ।

Leave a Reply