आर्यन र उपासनाको ‘डिसेम्बर फल्स’ आजबाट देशभर प्रर्दशनमा

अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासनासिंह ठकुरीको अभिनय रहेको चलचित्र ‘डिसेम्बर फल्स’ शुक्रबारबाट देशभर प्रदर्शनमा आएको छ । प्रवीण झा निर्देशित प्रेम कथानक चलचित्रले एकल प्रदर्शनको अवसर पाएको हो ।

अभिनेता आर्यन सिग्देलको कमब्याक फिल्म ‘डिसेम्बर फल्स’ले शुक्रवार (आज) बाट प्रदर्शन थालनी गरेको छ । एकल प्रदर्शनको दुर्लभ अवसर पाएको यो फिल्मसँग भिडन्त गर्न नेपाली मात्र नभई विदेशी फिल्म पनि छैनन् । दुई हप्ता अगाडिको हलिउड फिल्म ‘अवतार’ र अघिल्लो हप्ताको बलिउड फिल्म ‘सर्कस’ खस्किसकेकाले ‘डिसेम्बर फल्स’लाई सफलता हात पार्ने सुनौलो मौका छ ।

Leave a Reply