‘तिम्रो मेरो साथ’को ‘झिलमिल’ गीतमा साम्राज्ञी र पुष्पको गज्जबको केमेस्ट्री

अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित चलचित्र ‘तिम्रो मेरो साथ’को शिर्ष गीत रिलिज गरिएको छ । ‘झिलमिल झिलमिल’ बोलको टाइटल गीतमा चलचित्रका दुई मुख्य पात्र पुष्प र साम्राज्ञीलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । भिडियोमा यो जोडीको केमेस्ट्री गज्जबको सुहाएको छ ।

निर्देशक रमेश एमके पौडेलको शब्द रचना रहेको गीतमा योगेश काजि शाहकको संगीत तथा सुगम पोखरेल र मेलिना राईको स्वर सुन्न सकिन्छ । सार्वजनिक गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् । गीतको अडियो तथा भिडयो उत्कृष्ट बनेको आभाष हुन्छ । यो चलचित्र निर्देशक पौडेलको डेब्यु निर्देशकिय चलचित्र हो ।

आगामी पुष २९ देखि देशव्यापी प्रदर्शनमा आउने चलचित्रको यसअघि सार्वजनिक टिजर, गीत तथा ट्रेलरले दर्शकबाट राम्रो साथ पाएकाले पनि यो गीतबाट निर्माण टिमले निककै अपेक्षा राखेको छ । सबिर श्रेष्ठको लेखन तथा कार्यकारी निर्माण रहेको चलचित्रमा पुष्प, साम्राज्ञी र इमिलीसंगै सन्दीप क्षेत्री, सरोज खनाल, खड्क बहादुर पुन, दिपिशा केसीलगायतका कलाकारहरुको अभिनय छ ।

सबिर श्रेष्ठ र बाबुराम निरौलाको स्क्रिप्टमा निर्माण भएको चलचित्रमा शिव ढकालको छायांकन, सुवाष भुषालरयोगेश काजीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ । चलचित्रमा पासाङ लामा, अर्नव पौडेल र आर्यन पौडेलको लगानी रहेको छ । चलचित्रको सहनिर्मातामा नीरु भण्डारी, अशोक पोखरेल, सुमन पौडेल र सुधिर पराजुली रहेका छन् ।

Leave a Reply