नीताको ‘ह्रस्वदीर्घ’मा रविन्द्र झा अनुबन्धित

अभिनेत्री नीता ढुंगानाले निर्माण गर्न लागेको चलचित्र ‘ह्रस्वदीर्घ’मा अभिनेता रविन्द्र झा अनुबन्धित भएका छन् । रविन्द्रलाई चलचित्रमा अनुबन्धित गरिएको जानकारी नीताले सामाजिक संजालमार्फत दिएकी हुन् । चलचित्रमा यसअघि सरोज खनाल, सलोन बस्नेत, प्रदीप रावत, ब्रह्मानन्द लगायतका नेपाली र भारतीय कलाकार तय भइसकेका छन् । चलचित्रको मुख्य भूमिकामा रियल लाइफमा पनि प्रेममा रहेका स्वयं नीता र हरिहर अधिकारी फिचर्ड हुँदैछन् ।

चलचित्रमा केही दिनअघि अभिनेत्री विपना थापा पनि अनुबन्धित भइसकेकी छन् । उनी झण्डै १३ वर्षपछि यहि चलचित्रमार्फत नेपाली चलचित्रमा कम्ब्याक गर्दैछिन् । युवापुस्ताको प्रेमकथामा बन्न लागेको चलचित्र नेपाली र हिन्दी भाषामा निर्माण हुन लागेको छ । नीता फिल्मस्को व्यानरमा निर्माण हुने चलचित्रको छायांकन नेपाल, भारतको बनारस र युरोपका विभिन्न देशमा हुने जानकारी प्राप्त छ । चलचित्रलाई द्वन्द्व निर्देशक चन्द्र पन्तले निर्देशन गर्दैछन्।

Leave a Reply