बलिउड अभिनेता विवेक ओबरायले प्रचण्डलाई दिए बधाई

बलिउड अभिनेता विवेक ओबरायले तेस्रोपटक प्रधानमन्त्री बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिएका छन् । १० दिने नेपाल भ्रमण सकेर आइतबार स्वदेश फर्किएका ओबरायले नेपालमा रहँदा प्रचण्डसँग भेट गरेको तस्बिर इन्स्टाग्राममा पोस्ट गर्दै उनले तेस्रा पटक सुन्दर देश नेपालको प्रधानमन्त्री बनेकोमा बधाई ज्ञापन गरेका हुन् ।

ओबराय लेख्छन्, ‘बधाई छ कमरेड प्रचण्ड । तेस्रो पटक सुन्दर नेपालको प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकोमा । भर्खरै तपाईंसँगको भेटले सम्मानित महसुस गरायो । तपाईंले हामीलाई गर्नुभएको न्यानो माया र स्वागतले नेपालको विनम्रता र सांस्कृतिक करुणलाई झल्काउँछ ।’

Leave a Reply