शोभित बस्नेतको ‘जय हो’मा अर्पण थापा अनुबन्धित

अभिनेता सलोन बस्नेतको मुख्य भूमिका रहने चलचित्र ‘जय हो’मा अभिनेता नायकमा अर्पण थापा अनुबन्धित भएका छन् । सोमबार प्रस्तुतकर्ता शोभित बस्नेत र अभिनेता थापाबीच सम्झौता भएको हो ।
सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण हुने चलचित्रलाई पौरखी राईले निर्देशन गर्ने छन् ।

आगामी माघबाट छायांकनको तयारीमा रहेको चलचित्रको काठमाडौं, पोखरा र मुस्ताङमा छायंकन गरिनेछ । नेपालको छायांकन सकिएपछि चलचित्रको केही प्रतिशत छायांकन अष्ट्रेलियामा पनि गरिनेछ । निर्देशक राई र अभिनेता बस्नेतबीच यो दोस्रोपटक सहकार्य हुन लागेको हो । टेकले यसअघि सलोनलाई लिएर चलचित्र ‘मिलन’ बनाएका थिए ।

सुरेश न्यौपानेले कथा लेखिरहेकको चलचित्रलाई राज के अधिकारी र सुरज सरकारले निर्माण गर्ने छन्। उनीहरु अष्ट्रेलियाको जय हो बिजनेश ग्रुप र सनराइज ग्रुप अष्ट्रेलिया रकडेलका सञ्चालक हुन् । एक्सन लभस्टोरी कथामा निर्माण हुने चलचित्रको एक गीतमा शम्भुजित बास्कोटाको संगीत रहनेछ। अन्य गीतमा संगीतकार फाइनल हुन बाकी रहेको छ।

Leave a Reply