श्रीमानसँग अमेरिका उडिन् ‘कबड्डी’की मैयाँ

सुपरहिट चलचित्र ‘कबड्डी’मा ‘मैयाँ’को भूमिका निर्वाह गरेपछि चर्चामा आएकी अभिनेत्री रिश्मा गुरुङ शुक्रवार श्रीमानको साथमा अमेरिका प्रस्थान गर्दैछिन् । उनले गुरुङ भाषीको मौलिक पहिरनमा श्रीमानसँग खिचेका दुई तस्विर फेसबुकमा पोस्ट गर्दै लेखेकी छन्, ‘लाहुरै चलियो लाहुरेसँग । फेरी भेटौला । बाई बाई नेपाल ।’

रिश्माले २०७६ साल फागुन ४ गते अमेरिकाको एयर फोर्स आर्मी रहेका प्रेमी सन्दिप गुरुङसँग लगनगाँठो कसेकी थिइन् । श्रीमानसँग रिश्मा विवाह लगत्तै अमेरिका जाने योजनामा थिइन् । तर, कोरोना महामारीका कारण उनी अमेरिका उड्न पाएकी थिइनन् । रिश्मा पछिल्लो पटक चलचित्र ‘कबड्डी ३’मा केमियो भूमिकामा देखिएकी थिइन् भने लकडाउनको समयमा चलचित्र ‘क्रसरोड्स–कथा तिम्रो र मेरो’मा अभिनय गरेकी थिइन् ।

Leave a Reply