चलचित्र पत्रकार संघ नेपालको २३औं वार्षिकोत्सव सम्पन्न(फोटो फिचर र भिडियो)

चलचित्र पत्रकार संघ नेपालले आफ्नो २३औं वार्षिक उत्सव भव्य साथ सम्पन्न भएको छ । वार्षिकोत्सव अवसर पारेर तीन वर्षको सम्मान तथा पुरस्कार एकसाथ वितरण गरेको छ । शनिवार नक्सालस्थित लिसरा रिसेप्सनमा आयोजित एक कार्यक्रमका बीच सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले १६ जना चलचित्र पत्रकारलाई सम्मान तथा पुरस्कार वितरण गरेका हुन् ।



समारोहमा ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०७७’बाट शान्तिप्रिय र राजन घिमिरे सम्मानित भए भने दिवाकर मैनाली र आर डि शृंखलालाई ‘राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०७७’ प्रदान गरियो । त्यस्तै, सुव्रतराज आचार्य र सन्दीप सापकोटालाई ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०७८’बाट सम्मान गरिँदा ‘राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०७८’बाट कुमार आचार्य र गीता अधिकारी पुरस्कृत भए ।



२०७८ सालको ‘राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार’ मनोज न्यौपाने र सोही वर्षको ‘राष्ट्रिय मोफसल चलचित्र पत्रकारिता पुरस्कार’ पोखराका रेम रसाइलीलाई प्रदान गरिँदा ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०७९’बाट राजाराम फुयाँल र लक्ष्मण सुवेदी सम्मानित भए । २०७९ सालको ‘चलचित्र पत्रकारिता पुरस्कार’ भने नेमिष गौतम र विष्णु प्रसाद सुवेदीलाई प्रदान गरियो ।

Leave a Reply