सलोनको ‘जय हो’लाई टेक पौरखीले निर्देशन गर्ने

अभिनेता सलोन बस्नेतको मुख्य भूमिका रहने चलचित्र ‘जय हो’को लागि निर्देशक फाइनल भएको छ । चलचित्रलाई टेक पौरखी राईले निर्देशन गर्ने भएका छन् । सोमबार निर्माण कम्पनी सलोन-सलिना फिल्म्स र निर्देशक राईबीच लिखित सम्झौता भएको छ । सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण हुने चलचित्रको प्रस्ततुकर्तामा सलोनका बुवा तथा निर्देशक शोभित बस्नेत रहने छन् ।

निर्देशक राई र अभिनेता बस्नेतबीच यो दोस्रोपटक सहकार्य हुन लागेको हो । टेकले यसअघि सलोनलाई लिएर गत महिना प्रदर्शन भएको चलचित्र ‘मिलन’पछि बनाएका थिए । सुरेश न्यौपानेले कथा लेखिरहेकको चलचित्रलाई राज के अधिकारी र सुरज सरकारले निर्माण गर्ने छन्। उनीहरु अष्ट्रेलियाको जय हो बिजनेश ग्रुप र सनराइज ग्रुप अष्ट्रेलिया रकडेलका सञ्चालक हुन् ।

एक्सन लभस्टोरी कथामा निर्माण हुने चलचित्रको एक गीतमा शम्भुजित बास्कोटाको संगीत रहनेछ। अन्य गीतमा संगीतकार फाइनल हुन बाकी रहेको छ। आगामी माघबाट छायांकनको तयारीमा रहेको चलचित्रको काठमाडौं, पोखरा र मुस्ताङमा छायंकन गरिनेछ । नेपालको छायांकन सकिएपछि चलचित्रको केही प्रतिशत छायांकन अष्ट्रेलियामा पनि गरिनेछ ।

Leave a Reply