सत्यराजको ‘बिच्छेद’लाई ‘सौराहा दक्षिण एसियाली फिल्म महोत्सव’मा सर्वोत्कृष्ट लेखक र छायांकार अवार्ड

सत्यराज चौलागाई निर्देशित फिल्म ‘बिच्छेद’ले सर्वोत्कृष्ट छायांकारबाट सङ्कल् भुजेल र सर्वोत्कृष्ट लेखक/ स्कृप्ट बाट सत्यराज चौलागाई र मुकुन भुसालले सोमबार चितवनको सौराहामा सम्पन्न ‘दक्षिण एसियाली चलचित्र महोत्सव २०८०’मा फिल्मले पुरस्कार जितेको छ । निर्देशक चौलागाईले महोत्सवका जुरी, आयोजकलाई धन्यवाद दिँदै प्राप्त भएको दुवै अवार्डको खुसी सामाजिक सञ्जाल मार्फत शेयर सबैमाझ साटेका छन् ।

मुकुन भुसाल र लक्ष्मी बर्देवाको मुख्य भूमिका रहेको फिल्ममा हिउँवाला गौतम, लय सङ्ग्रौला, प्रिया रिजाल, सुष्मा निरौला, जीवन थापा, सरिता राजोपाध्याय, लक्ष्मीनाथ तिमिल्सिना, जयराम सापकोटा आदिको अभिनय छ ।

सामाजिक विषयमा बनेको फिल्म ‘बिच्छेद’ को निर्मातामा राज कुमार पण्डित, दिमेश श्रेष्ठ, सुवास राई र सावित्री बज्राचार्य छन् भने सह-निर्मातामा सन्तोस गिरी र प्रविन राजथला छन् । नविन पुरीले प्रोडक्शन डिजाइन गरेको फिल्म मा भुपेन्द्र अधिकारीको सम्पादन, समीर मियाको भिएफएक्स, किरण तुलाधरको ब्याकग्राउन्ड स्कोर तथा रेनिश फागोको कलर ग्रेडिङ छ । फिल्मको प्रदर्शन मिति फाइनल हुन बाँकी छ ।

Leave a Reply