‘कप्टी’को ‘झ्याईं पारौं’ गीतमा उमेश र उर्मिलाको नृत्य

आगामी फागुन ५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘कप्टी’को ‘झ्याईं पारौं’ बोलको गीत सार्वजनिक भएको छ । लोक लयको गीतमा मेलिना राई, रामकुमार नेपालीको स्वर र आश्रम गुरुङको शब्द तथा संगीत छ । चक्र पुलामी मगरको कोरियोग्राफी रहेको गीतको भिडियोमा उमेश गुरुङ, उर्मिला गुरुङ, शेरबहादुर गुरुङ, स्मृति बलामीको नृत्य देख्न सकिन्छ ।

भुपेन्द्र गुरुङ निर्देशित चलचित्रको केही अगाडि बेलायतमा प्रिमिएर समेत गरिएको थियो । प्रिमिएरमा सकारात्मक प्रतिक्रिया पाएको चलचित्रमा उमेश गुरुङ, उर्मिला गुरुङ, शेरबहादुर गुरुङ, केशव राई, स्मृति बलामी, सोनी गुरुङ, विकास गुरुङ, बिनु गुरुङ लगायतको अभिनय देख्न सकिन्छ ।

मदन घिमिरेको छायांकन, नारायण रायमझी, मेलिना राई, धर्मेन्द्र सेवान, टीका पुन र तारा सिरिस मगरको गायन रहेको चलचित्रको निर्माता मोहन कुमार खत्री, प्रेम बहादुर गुरुङ, मिनु लामा र मनिता गुरुङ हुन् । सोलुखुम्बुको जुबु र त्यस आसपासका रमणीय स्थानमा छायांकन भएको चलचित्रले आफ्नै पिताको हत्यारासँगको बदला लिन पुरुषले गर्ने संघर्षको कथा विषयवस्तु बनाएको छ ।

Leave a Reply